वीरगन्ज,१६बैशाखःवीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवलाई भेटेर वीरगन्जमा विद्यमान खानेपानीको समस्या दीर्घकालिन समाधानका लागि ध्यानाकर्षण गराएका छन् ।
मंगलबार मन्त्रालयमै मन्त्री यादवलाई भेटेर मेयर सिंहले यसवर्षपनि गर्मी सुरु भएसंगै चापकलहरु सुक्न थालेको र त्यसले खानेपानीको समस्या सुरु भएकोले यसको दीर्घकालिन समाधानका लाागि मन्त्री यादवसंग आग्रह गरे । त्यसअवसरमै मेयर सिंहले अहिले वीरगन्जमा सञ्चालनमा रहेका ओभरहेड पानी ट्यांकीको पाइपलाइन नपुगेका टोलहरुमा पाइप लाइन विस्तार गराइदिन मन्त्री यादवलार्य अनरोध गरे ।
यस्तै खानेपानी संस्थानको सरकारी धारा जडानमा लाग्दै आएको धरौटीसहितको राजश्व निःशुल्क गर्ने व्यवस्था मिलाइीदन पनि मेयर सिंहले आग्रह गरे । यदि उक्त शुल्क शतप्रतिशत मिनाहा गर्न नसकिए धरौटी बापत लिइने शुल्क कम गरिदिन मन्त्री यादवसंग आँफुले अनुरोध गर्दै त्यसमा महानगरपालिकाले आफ्नो तर्फबाट गर्नसक्ने योगदान गर्न तयार रहेको बताएको मेयर सिंहले जानकारी गराए ।
जवाफमा मन्त्री यादवले अब बस्ने नेपाल खानेपानी संस्थान सञ्चालक समितिको बोर्ड बैठकमा छलफल गरेर वीरगन्जमा खानेपानीको समस्या समाधानका लागि ठोस निर्णय लिने प्रतिबद्धता जनाएको मेयर सिंहले जानकारी गराए । भेटका क्रममा मन्त्री यादवले वीरगन्जमा खानेपानी र ढल व्यवस्थापनका लागि एशियाली विकास बैंकको करिब चार सय ५० करोडको योजना छिट्टै सुरु हुने जानकारीपनि गराएको मेयर सिंहले जानकारी दिए ।

