Madhes Khabar
राजनीति हेडलाइन

बाराको विकास र मधेसका एजेण्डा स्थापित गर्न पनि उपेन्द्रले जित्नुपर्छ : लोसपा नेता सोनल

मधेसखबर
वीरगन्ज,२९ चैत : लोसपाका नेता जितेन्द्र सोनलले बारा २ को विकास , मधेसको एजेण्डालाई स्थापित गर्न र राजनीतिक स्थायित्व दिन उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई जनताले जिताएर संसदमा पठाउनु पर्ने बताएका छन् ।

बारा २ को उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार समेत रहेका यादवलाई जिताउन लोसपाका तर्फबाट केन्द्रिय प्रतिनिधीका रुपमा खटाइएका पुर्वमन्त्री समेत रहेका सोनलले राष्ट्रिय राजनीतिमा पहिचान बनाउन सफल जसपा अध्यक्ष यादवले जिते बारा २ को विकास र समृद्धि निश्चित रहेको बताए । यससंगै मधेसको एजेण्डा स्थापित हुने र मुलुकको राजनीतिले स्थायित्व पनि पाउने सोनलको तर्क छ ।

बुधबार बिहान सन्चारकर्मीसंग कुरा गर्दै सोनलले भने,‘ यदि बारा २ मा विकास र समृद्धि चाहने हो भने त्यसका लागि श्रोतसाधन चाहिन्छ , श्रोत र साधन सरकारसंग छ , सरकारमा पाँच दलीय गठबन्धन छ , त्यसका कारण पनि गठबन्धनका साझा उम्मेदवार उपेन्द्र जीलाई जिताउनु नै पर्छ ।

बारा २ मा यादवलाई जिताउन आफनो पार्टीबाट सर्कुरल नै जारी भइसकेको भन्दै सोनलले बारा २ को उपनिर्वाचनको परिणाम गठबन्धनका साझा उम्मेदवार यादवको पक्षमै आउने दाबी पनि गरे ।

बारा २ का लागि उपेन्द्र यादव बाहिरिया उम्मेदवार हुन् भन्ने विपक्षीको आरोपको खण्डन गर्दै सोनलले भने,‘ उपेन्द्र यादव यहि देशका नागरिक हुन् , मधेसी नै हुन् त्यसका कारण बाहिरियाको नारा चलाउनेहरुले कुतर्क गरिरहेका छन् र यो कुरा बाराका जनताले राम्ररी बुझिसकेका छन् ।

मुलुक विगत ५/६ वर्ष देखि गठबन्धनको राजनीतिमा चलिरहेको बताउँदै सोनलले मुलुकमा स्थायी सरकारका लागि पनि गठबनधनको राजनीतिक आवश्यक भएको बताए ।

 

Related posts

छठ पूजाको उपलक्ष्यमा यसपालि पनि घडिअर्वा स्पोटर्स क्लबले रक्तदान कार्यक्रम गर्दै

MadhesKhabar

मुस्लिमको ‘दाहा’ मा डिजे र हातियारको प्रदर्शन निषेध, बालबालिकालाई सहभागी नगराउने सहमति

MadhesKhabar

कांग्रेसले गरेका राम्रा कामको सन्देश जनतामा पुर्‍याउन पार्टी चुक्यो : उपसभापति खड्का

MadhesKhabar

Leave a Comment