Madhes Khabar
शिक्षा हेडलाइन

ठाकुररामका महिला कर्मचारीलाई दुर्व्यवहार गर्नेहरुलाई कारबाही गर्न नेविसंघको माग

वीरगन्ज ,३०साउन: नेपाल विद्यार्थी संघले वीरगन्जकाे ठाकुरराम बहुमुखी क्याम्पसका कर्मचारीसंग अभद्र व्यवहार गर्ने समाजवादी विद्यार्थी युनियनका नेता कार्यकर्तालाई कारबाही गर्न माग गरेकाे छ ।

नेविसंघका जिल्ला सचिव फिराेज अन्सारीले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै कर्मचारीलाई गाली गलाैज र अपशब्द प्रयाेग गरि अभद्र व्यवहार गर्ने युनियनका नेता कार्यकर्तालाई कारबाही गर्न क्याम्पस प्रशासनसंग माग गरेका हुन् ।

सचिव अन्सारीले जारी गरेकोे विज्ञप्तिमा युनियनले राखेकाे मागका बारेमा मंगलबार क्याम्पस प्रशासन र युनियनबिच छलफल भइरहेकै बेला युनियनका विद्यार्थी नेताहरुले स्टाेर शाखा प्रमुख गीता श्रेष्ठ , कर्मचारी पिंकी कुशवाहा लगायतलाई अपशब्द र गालीगलाैज गरी दुर्व्यवहार गरेकाले त्यसमा संलग्नहरुलाई कारबाही गर्न माग गरिएको छ ।

मंगलबारनै समाजवादी विद्यार्थी युनियनले क्याम्पस प्रशासनसंग वार्ता भइरहेका बेला क्याम्पसका कर्मचारीहरुले युनियनका नेता कार्यकर्ताहरुलाई हातपात र दुर्व्यवहार गरेकाे भन्दै क्याम्पसका विभिन्न शाखामा तालाबन्दी गरेकाे थियाे ।

Related posts

आगामी शैक्षिक सत्र १ वैशाखमै सुरु हुने

MadhesKhabar

मधेस प्रदेश : ‘संघीयताको जगमै जालझेलको राजनीति ’ जिम्मेवार को ?

MadhesKhabar

आर्थिक र राजनीतिक दृष्टिकोणले पर्सा देशकै ऐतिहासिक जिल्ला हाे : देउवा

MadhesKhabar

Leave a Comment