Madhes Khabar
समाज हेडलाइन

पढाइपछि जागीर खोजेनन्, सीपमै आत्मनिर्भर बने : पर्साको धोरेका दीपकको प्रेरणादायी कथा……

बिन्दुभुषण साह

पर्सा,११असोजः अहिलेका युवा पुस्तालाई “पढाइसँगै जीवन निर्वाह गर्न सीप पनि आवश्यक छ“ भन्ने सन्देश दिएका छन् पर्साको पकाहा मैनपुर गाउँपालिका–१ धोरेका दीपक बर्णवाल ।

२०५३ सालमै एसएलसी. उत्तीर्ण गरेका बर्णवालले स्नातकसम्मको अध्ययनपनि गरे। स्नातक पढेपछि जागिरको लागि धेरै प्रयास गरे, तर अपेक्षित अवसर पाएनन्। बुवाले गर्दै आएको साइकल मर्मत गर्नेे सीप पढ्दै गर्दा नै उनले सिकेका थिए । जागिर र विदेशमा पसिना चुहाउने मोह त्यागेर उनले बुबाको पुख्र्यौली पेशामा लाग्ने निर्णय गरे।

गत २० वर्षदेखि पकाहामैंनपुरको मधुबनी चौकमा साइकल बनाउने काम गर्दै आएका बर्णवाल भन्छन् ,“मैले त यति धेरै पढेको पो छु भन्ने घमण्ड गरेर काम गर्न लाज मान्नु हुँदैन। सीपलाई प्रयोग गर्न सके यो पनि प्रतिष्ठित पेशा हो।“

साइकल मर्मत गरेरै दैनिक १ हजारदेखि १५ सय रुपैयाँ, कहिलेकाहीँ दुई हजारसम्म कमाइ हुने उनि बताउँछन्। यसरी महिनाको ४० देखि ६० हजारसम्म आम्दानी गर्दै परिवार पाल्दै आएका उनले युवाहरूमाझ सन्देश दिएका छन् ,“जागिर र विदेश रोज्नु अघि आफूसँग भएको सीपलाई प्रयोग गरेर स्वदेशमै आत्मनिर्भर बन्ने प्रयास गर्नुपर्छ।“

बर्णवालकी पत्नि गाउँकै धोरेस्थित विद्यालयमा शिक्षिका समेत रहेकी छिन् । बर्णवालले पढाइलाई जीवन सजाउने साधन भने पनि जीवन निर्वाहका लागि सीप अपरिहार्य रहेको अनुभव साझा गरेका छन्।उनको यो संघर्ष र आत्मनिर्भरताको कथा गाउँघरका मात्र नभई सम्पूर्ण युवाका लागि प्रेरणादायी उदाहरण बनेको छ।

 

Related posts

गण्डक नहरको ‘जल’ मा भारतको ‘छल’

MadhesKhabar

वीरगन्ज भन्सार क्षेत्रमा बेवारिसे भेटिएको झोला खोलेर हेर्दा साढे ५८ लाखको हिरा र सुन बरामद

MadhesKhabar

वीरगन्ज महानगरले १३ बर्षपछि जित्यो आदर्शनगर रंगशाला अगाडीको जग्गाको मुद्दा

MadhesKhabar

Leave a Comment