वीरगन्ज,२३पुसःवीरगन्ज–६ मीनाबजारस्थित आलुको गोदाममा अवैध रुपमा भण्डारण गरि राखिएको ७५ बोरा भारतीय चामल प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा मंगलबार बिहान वडा प्रहरी कार्यालय बिर्ताबाट प्रहरी निरीक्षक निरोज चौलागाईको नेतृत्वमा खटिएको टोलीले आलु गोदाममा छापा मारेर ७५ बोरा चामल बरामद गरेको हो ।
मिना बजारस्थित आलु गोदाममा अवैध रुपमा भण्डारण गरिएको अवस्थामा विभिन्न ब्राण्डका ७५ बोरा भारतीय चामल बरामद गरिएको प्रहरी निरीक्षक चौलागाईले जानकारी दिदए । बरामद चामलको बजार मूल्य २ लाख रुपैयाँ भन्दा बढी रहेको उनले बताए । बरामद चामल वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।
यसका साथै वीरगन्जका विभिन्न स्थानमा भारतबाट तस्करी गरि ल्याइएका कपडा,स्पेयर पाट्र्स, ड्राइफुड्स,जुत्ता गरी २५ लाख मूल्यको अरु सामानपनि बरामद गरि मंगलबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक चौलागाईले जानकारी दिए ।

