Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

बारामा पनि दलितलाई महायज्ञ प्रवेशमा राेक

फाइल फाेटाे

वीरगन्ज ,२६चैत :बाराको सुवर्ण गाउँपालिकामा आइतबारबाट हुन लागेको विष्णु महायज्ञमा दलित समुदायलाई पूजापाठ र प्रवेश गर्नसमेत रोक लगाएपछि स्थानीय दलित अगुवाहरुले जिल्ला प्रशासन कार्यालय कलैयामा उजुरी दिएका छन् ।

सुवर्ण गाउँपालिका वडा नम्बर १ घुसुकपुरमा आइतबारदेखि हुन लागेको  महायज्ञमा स्थानीय दलित समुदायका भक्तजनहरुलाई छुवाछुत गरी प्रवेश गर्न नदिइएको भन्दै गत चैत्र १९ गते नेपाल दलित मुक्ति संगठनले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको हो । दलित समुदायको बसोबास रहेको स्थान नजिकै यज्ञ आयोजना हुन लागेको हो ।

गाउँका माथिल्लो समुदायका भनिएका केही मान्छेहरुको पहलमा घुसुकपुरमा आइतवारदेखि आगामी ५ वैशाखसम्म धार्मिक यज्ञ हुन लागेको छ । यज्ञको सबै तयारी भएपछि स्थानीय करिब ९० घरपरिवारका दलित समुदायका श्रद्धालुहरुलाई सहभागी हुनबाट वञ्चित गरिएको आरोप उजुरीपत्रमा उल्लेख छ ।

यज्ञ आयोजकले आफ्ना बालबालिकालाई पनि यज्ञमा नपठाउन र उर्दी विपरीत पठाएको खण्डमा कुटपिट गर्ने धम्की समेत दिएको पीडित दिलतहरुको गुनासो छ । यद्यपि यज्ञस्थलको मण्डप, पण्डाल, ध्वजापूजा, सरसफफाइ र चन्दा संकलनजस्ता कार्यमा भने दलित समुदायका मानिसहरुलाई प्रयोग गरिएको थियो ।

आफूहरुलाई यज्ञमा पूजापाठ, हवनलगायत धार्मिक कार्यबाट वञ्चित गराएको भन्दै दलितहरुले आयोजक मध्येका रामदेवप्रसाद यादव, इनरदेव यादव, पप्पु यादव, रामअश्रय यादव, दिनेश उपाध्याय, चन्द्रिका उपाध्यायलगायत एक दर्जनविरुद्ध जिप्रकामा लिखित उजुरी गरेका हुन् ।

प्रचलित कानुनले जातपातको नाममा कसैमाथि पनि छुवाछुत गर्न नपाइने र यस्तो कसुर गर्नेमाथि २० हजारदेखि २ लाखसम्म दण्ड र ६ महिनादेखि तीन वर्षसम्म जेल सजायको व्यवस्था गरेको छ ।साभार:यात्रा डेली

Related posts

जेनजी आन्दोलनमा भीमफेदी जेलबाट भागेका कैदी अमजत मियाँ २२ दिनपछि वीरगन्जबाट पक्राउ

MadhesKhabar

वीरगन्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठुला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन बन्दै

MadhesKhabar

वीरगन्जमा रवि लामिछानेसंग ४ घण्टा लिइयो बयान,आजपनि पर्सा प्रहरीको हिरासतमा रहने

MadhesKhabar

Leave a Comment