Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको सिद्धार्थ बैंकमा भएकाे आगलागीबाट २ कराेड बढीकाे क्षति भएको अनुमान

वीरगन्ज,१८असारःवीरगन्जको आदर्शनगरस्थित सिद्धार्थ बैंकमा साेमबार भएकाे भीषण आगलागीबाट दुई कराेड भन्दा बढीकाे भाैतिक क्षति भएकाे प्रारम्भिक अनुमान गरिएकाे छ।
आदर्शनगरस्थित हाेटल सुरजसंगै टाँसिएको पाँच तल्ले भवनमा रहेकाे बैंककाे शाखा कार्यालयमा साेमबार अपरान्ह ३ बजेदेखि लागेकाे आगाे राति १० बजेतिर मात्रै नियन्त्रणमा आएकाे थियाे । आगाे निभाउन पर्सा,बारा र भारत रक्साैलका गरी १० वटा वारुण यन्त्रकाे मदतमा नेपाल प्रहरी ,सशस्त्र प्रहरीका साथै स्थानीयबासी खटिएका थिए।
बैंककाे स्टाेर रुमबाट विद्युत सर्ट भएर सल्किएकाे आगाे भुंई तल्ला बाहेक चार वटै तल्लामा फैलिएको थियाे ।
आगलागीबाट करिब दुई कराेड भन्दा बढीकाे क्षति भएकाे प्रारम्भिक अनुमान गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पुष्कर बाेगटीले जानकारी दिए।उनले भने,`बैंक सञ्चालन रहेका चार वटै तल्लामा आगाे सल्किएकाे थियाे ।फर्निचर,कागजपत्र, कम्प्युटर लगायतका उपकरण  सबै जलेर नष्ट भएका छन् । नगद रकम र चेकहरु भने सुरक्षित निकालियाे ।´
आगलागीबाट भएकाे क्षतिकाे यकिन विवरण संकलन भईरहेकाे र अहिलेसम्मको अनुमानमा दुई कराेड भन्दा बढी नै क्षति भएकाे अनुमान गरिएको उनले बताए ।

Related posts

पथलैयाबाट तस्करीको डेढ करोडको सामानसहित दुई वटा ट्रक पक्राउ

MadhesKhabar

जेनजी आन्दोलनले रक्सौल र ड्राइपाेर्टमा रोकिएको डिएपी मल वीरगन्ज भित्रिन थाल्यो

MadhesKhabar

ठोरीको ठुटे खोलामा तटबन्ध बनाउन भारतीय एसएसबीकाे अवरोध

MadhesKhabar

Leave a Comment