Madhes Khabar
कृषि हेडलाइन

जेनजी आन्दोलनले रक्सौल र ड्राइपाेर्टमा रोकिएको डिएपी मल वीरगन्ज भित्रिन थाल्यो

वीरगन्ज,३असोजःजेनजी आन्दोलनका क्रममा रक्सौल र सिर्सिया सुक्खा बन्दरगाहमा आएर अड्किएको कृषि सामग्री कम्पनीको डीएपी मल कम्पनीको वीरगन्जस्थित गोदाममा भित्रिन थालेको छ ।

कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेले ग्लोबल टेन्डरबाट आदित्य बिरला कम्पनी र भारतको आईपीएल कम्पनीले ल्याएको मल कृषि सामग्री कम्पनि वीरगन्जको गोदाममा भित्रिन सुरु भएको बताए । ‘आदित्य बिरलाले रक्सौलमा २ वटा रेल्वे ¥याकमा ५ हजार टन र आईपीएलले सिर्सिया बन्दरगाहमा एउटा ¥याकमा २ हजार ५ सय टन डीएपी ल्याएको थियो,’ उनले भने, ‘मल आएलगत्तै जेनजी आन्दोलन सुरु भएपछि कम्पनीको गोदामसम्म मल ल्याउने प्रक्रिया अवरुद्ध भएको थियो, अहिले अवस्था सामान्य हुँदै गएपछि उक्त मल भित्रिन क्रम जारी छ ।’

हाल कम्पनी प्रादेशिक कार्यालयसँग मौज्दात ७ हजार टन युरिया मलको कोटा प्रदेश कृषि मन्त्रालयले लगाइसकेकाले मधेशका ८ जिल्लाका सहकारीले आआफ्नो कोटाको मल लग्न पनि थालिसकेको उनले बताए । ‘युरियाको माग अझै पनि छ,’ उनले भने, ‘कोटा लागेलगत्तै सहकारीहरुले धमाधम युरिया लग्न थालेका छन् ।’ यो मलको कोटा लगाउन प्रादेशिक कृषि मन्त्रालयले ढिलाइ गरिरहेको थियो ।

कार्यालयसँग अब यसपछि युरिया मलको मौज्दात सक्किने उनले बताए । तर कम्पनीले ग्लोबल टेन्डरबाट आयात गर्न लागेको ३० हजार टन युरिया तेस्रो मुलुकबाट आई कोलकाता बन्दरगाहमा अनलोडिङ प्रक्रियामा रहेको पाण्डेले बताए ।

यो मल कोलकातामा बोरामा प्याकिङ गरी असोजको ९ देखि १० गतेसम्म नेपाल आउने सम्भावना रहेको उनले बताए । त्यति बेला दसैंको बिदा रहनेछ । त्यति बेलासम्म युरिया मलको माग करिब समाप्त भइसक्छ । मल भित्रिएर कोटा लागुन्जेल झनै ढिलो भइसक्छ ।

हाल मधेशका जिल्लामा युरिया मलको चरम अभाव रहेको छ । किसानले कम्पनी र साल्ट ट्रेडिङबाट समेत मल पाउन सकेका छैनन् । भारतबाट पनि मल किनेर ल्याउन भारत सरकारको कडाइका कारण सम्भव नभएपछि कतिपय किसानले युरिया मलको विकल्पको रुपमा डीएपी मल प्रयोग गरेका छन् ।शंकर आचार्य /कान्तिपुर

Related posts

वीरगन्ज महानगरपालिकाले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई जागिरबाट हटायाे

MadhesKhabar

वीरगन्जको हरपतगञ्जमा ठेकेदारले सडक र नालाको काम अलपत्र छाडेपछि स्थानीयवासी आक्रोशित

MadhesKhabar

चैते धान बालीका लागि मलको अभाव

MadhesKhabar

Leave a Comment