Madhes Khabar
स्थानिय हेडलाइन

जेनजी शहिदका परिवारलाई भेटेर वीरगन्जका मेयर सिंहले भनेः मबाट हुने सक्दो सहयोग गर्छु

वीरगन्ज,२असोजःवीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले जेनजीको आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर शहादत प्राप्त गरेका वीरगन्ज–१२ मुर्लीका युवक असाहब आलमको घरमा गएर उनका परिवारजलाई भेटेका छन् ।
बिहीबार बिहान मुर्लीस्थित आलमको घरमा पुगेका मेयर सिंहले शहिद आलमका काका ा एकबाल ठाकुराई,दाई राजाबाबु ठाकुराई लगायत परिवारका अन्य सदस्यहरूसँग भेट्का हुन् ।त्यसक्रममा मेयर सिंहले कलकलाउँदो उमेरमै ज्यान गुमाएका आलमको निधनले शोक र पिडामा रहेको परिवारको साथमा आँफु रहेको बताए ।

शहिद आलमका परिवारको अवस्थाबारे परिवारजन र आफन्तहरुसंग जानकारी लिदैं मेयर सिंहले आलमको भाईको पढाईका बारेमा पनि चासा देखाए । उनले आलमका भाईको अध्ययनमा आँफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।
आलमको परिवारलाई भेटन मेयर सिंह उनको घरमा पुग्दा जिल्ला समन्वय समिति पर्साका पूर्व प्रमुख नेक महम्मद,स्थानीय समाजसेवी मदन गुप्ता, युवा राजु गुप्ता लगायतकाकोपनि उपस्थिती थियो ।

दुई महिनाअघि मात्रै वैवाहिक बन्धनमा बाँधिनुभएका आलमले भदौं २४ गते काठमाडौंमा भएको जेनजीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका थिए ।आलम विगत तीन वर्षदेखि अध्ययन तथा रोजगारीका सिलसिलामा काठमाडौंमा बस्दै आएका थिए ।

भदौं २४ गते जेनजीको प्रदर्शन भइरहेका बेला पठाओ राइडर रहेका आलमले एक यात्रुलाई गोङ्गबु लिएर जाँदै थिए । त्यहि बेला प्रहरीले चलाएको गोली लागेर आलमको ज्यान गएको थियो ।वीरगन्जको ग्लोबल बिजनेस कलेजबाट व्यवस्थाापन संकायमा कक्षा १२ उत्तीर्ण गरेका आलम स्नातक अध्ययनका लागि काठमाडौँ गएका थिए ।त्यहाँ उनले पठाओ राइडरकोपनि काम गर्दै आएका थिए ।

Related posts

पर्साका सरकारी कार्यालयहरुले ६७ करोड बढी बजेट खर्च नै गर्न सकेनन्

MadhesKhabar

पर्सामा २० वर्ष यता धानको उत्पादन बढ्दा हरित ग्याँस उत्सर्जनले समस्या थपिदैै

MadhesKhabar

जगरनाथपुर गाँउपालिकाका अध्यक्ष यादवले पनि वीरगन्जका टोल टोलमा पानी वितरण गर्दै

MadhesKhabar

Leave a Comment