Madhes Khabar
स्थानिय

नेपाली चार चक्के गाडीलाई पास बिना रक्साैल प्रवेशमा राेक

फाइल फोटो

वीरगन्ज ,१७साउन: वीरगन्जकाे सिमावर्ती भारतीय बजार रक्साैलमा नेपाली चार पाङ्ग्रे (चक्के) सवारी साधनकाे प्रवेशमा भारतले राेक लगाएकाे छ ।

यसअघि रक्साैलमा निर्वाध रुपमा आउजाउ गर्दै आएका नेपाली नम्बर प्लेटका चार पाङ्ग्रे सवारी साधनलाई मंगलबारदेखि भने प्रवेशमा राेक लगाइएकाे हाे ।

रक्सौलमा रहेकाे भारतीय कस्टमका सुरक्षा अधिकारीहरुका अनुसार , अब रक्साैल प्रवेशका लागि नेपाली नम्बर प्लेटका चार पाङ्ग्रे सवारीसाधनले वीरगन्जस्थित भारतीय महावाणिज्यदूतावासबाट पास लिनु पर्नेछ । दुतावासकाे पास नलिएका नेपाली नम्बर प्लेटका चार पाङ्ग्रे सवारीसाधनहरु भने रक्सौल प्रवेश गर्न नपाउने भारतीय कस्टमका सुरक्षा अधिकारीहरुले बताएका छन् । याे नियम मंगलबारदेखि लागु गरिएको उनिहरुले बताएका छन् ।

मंगलबार वीरगन्ज हुँदै भारतीय बजार रक्सौल जान खोजेका सबै चार पाङ्ग्रे सवारी साधन वीरगन्ज भन्सार गेटबाटै फिर्ता भएका थिए । भारतीय कस्टमका सुुरक्षाकर्मीहरुले भने, ‘रक्सौल आउन चाहने चार पाङ्ग्रे सवारीसाधनका लागि वीरगन्जमा रहेको भारतीय महावाणिज्यदुतावासबाट पास लिएर आएमात्रै रक्सौल छिर्न दिने व्यवस्था गरिएको छ ।

भारतले याे नियम लगाएका कारण अब रक्साैल बजारमा किनमेल वा अन्य कामका लागि चार पाङ्ग्रे सवारीसाधनमा जाने नेपालीहरुलाई सास्ती भएकाे छ ।

नेपाली नम्बर प्लेटका चार पाङ्ग्रे सवारीसाधनलाई पास बिना प्रवेशमा राेक लगाईएपनि माेटरसाइकलकाे हकमा भने याे नियम लागु नगरिएको भारतीय कस्टमका सुरक्षा अधिकारीले बताएका छन् ।

भारतीय नम्बर प्लेटका सवारीसाधनलाई वीरगन्ज प्रवेशका लागि वीरगन्ज भन्सार कार्यालयमा इन्ट्री गर्नु पर्ने नियम भने पहिलेदेखि नै लागु छ ।

Related posts

तेली कल्याण समाजकाे केन्द्रीय अध्यक्षमा पर्साका विश्वनाथ प्रसाद तेली चयन

MadhesKhabar

वीरगन्जलाई ‘हरियाली शहर’ बनाउन वृक्षारोपण अभियान जारी

MadhesKhabar

पर्साकाे ओैराहामा ११ कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीद्वारा नष्ट

MadhesKhabar

Leave a Comment