Madhes Khabar
स्थानिय

वीरगन्जलाई ‘हरियाली शहर’ बनाउन वृक्षारोपण अभियान जारी

वीरगन्ज,१५साउनःवीरगन्जमा वृक्षारोपण अभियानलाई निरन्तरता दिइएको छ । वीरगन्ज महानगरलाई ‘हरियाली शहर’ बनाउने वीरगन्ज महानगरपालिकाको अभियान अन्तर्गत विभिन्न संघसंस्थाको सहकार्यमा महानगरपालिकाले निरन्तर रुपमा वृक्षारोपण गर्दै आएको छ ।

त्यहि अभियान अन्तर्गत बिहीबारपनि वीरगन्ज–१६ स्थित वैष्णवी मन्दिर चोकदेखि भानु चोकसम्मको बाइपास सडकको पेटी र डिभाइडरमा वृक्षारोपण गरिएको छ ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति चितवन तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सहकार्यमा वीरगन्ज महानगरपालिकाले बिहीबार विभिन्न प्रजातिका ७० वटा विरुवा रोपेको ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतनाले जानकारी दिए ।साथै रोपिएका बिरुवाहरूको संरक्षणका लागि फलामको तारजाली (प्रोटेक्टिभ गार्ड) पनि जडान गरिएको उनले बताए ।

ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष खेतानको अध्यक्षता तथा वीरगन्ज महानगरका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रममा पर्साका पहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्ट, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईं, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्ट, चुरे तराई मधेस संरक्षण विकास समिति चितवनका अध्यक्ष डा. किरण पौडेल, भारतीय महावाणिज्यदूतावास वीरगन्जका प्रमुख डीएस मिना लगायतकाको सहभागिता थियो ।

 

Related posts

मधेस सरकारको ‘हस्तक्षेप’ले वीरगन्ज यातायात कार्यालयमा लाइसेन्स वितरणको काम प्रभावित

MadhesKhabar

मधेस खबरकी सम्पादक माधुरी महतो पूर्वराष्ट्रपति विद्या भण्डारीबाट सम्मानित

MadhesKhabar

समाज रुपान्तरणका लागि युवा पुस्ता अगाडि बढ्नु पर्छ : सांसद यादव

MadhesKhabar

Leave a Comment