Madhes Khabar
स्थानिय

टिकटक बनाउने क्रममा बाराको दुधौरा खोलामा हाम फालेका युवकको शव ६ दिनपछि भेटियो

वीरगन्ज,२४ असोजःबाराको दुधौरा खोलामा बाढी आएका बेला टिकटक बनाउने क्रममा हाम फालेपछि बेपत्ता भएका युवकको शव ६ दिनपछि आज (शुक्रबार) भेटिएको छ ।

फेटा गाउँपालिका वडा नम्बर १ मा पर्ने त्रिवेणी नदी पुलबाट अन्दाजी १०० मिटर दक्षिण तिर बालुवाले छोपेको अवस्थामा २१ वर्षीय विक्की गोसाइँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

गत असोज १९ गते प्रसौनी गाउँपालिकावडा नम्बर २ स्थित दुधौरा खोलामा बाढी आएका बेला टिकटक बनाउने क्रममा पुलबाट विक्की र उनका साथी २० वर्षीय अनुराग केसरबानी दुवै जाना पुलबाट खोलामा हाम फालेका थिए । त्यसक्रममा अनुराग पौडिएर निस्किएका थिए भने विक्की बाढीले बगाएर बेपत्ता भएका थिए ।

खोलाको बाढीले बगाएर बेपत्ता भएका विक्कीको सशस्त्र प्रहरीको विशेष टोलीसहित स्थानीयले ३ दिनसम्म खोजी गर्दापनि उनि फेला पर्न सकेकका थिएनन् ।

आज(शुक्रबार) बिहान त्रिवेणी खोलाको बगरमा बालुवाले छोपेको अवस्थामा शव देखिएपछि मृतकका बुवाले प्रहरीमा खबर गरेका थिए । त्यसपछि ईलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठसहितको टोली त्यहाँ पुगेर बालुवाले पुरेको अवस्थामा भेटिएको शवको सनाखत गर्दै पोष्टमार्टमका लागि कलैयास्थित प्रादेशीक अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Related posts

पानीको संकटका बेला राजनीति नगर्न जनप्रतिनिधीहरुलाई सांसद चौरसियाको आग्रह

MadhesKhabar

दोहोरो प्रेममा परेकी राधाले नै भारतीय सुटर बोलाएर रुपेशको हत्या गराएको पुष्टी

MadhesKhabar

वीरगन्जमा रवि लामिछानेसंग ४ घण्टा लिइयो बयान,आजपनि पर्सा प्रहरीको हिरासतमा रहने

MadhesKhabar

Leave a Comment