Madhes Khabar
स्थानिय

टिकटक बनाउने क्रममा बाराको दुधौरा खोलामा हाम फालेका युवकको शव ६ दिनपछि भेटियो

वीरगन्ज,२४ असोजःबाराको दुधौरा खोलामा बाढी आएका बेला टिकटक बनाउने क्रममा हाम फालेपछि बेपत्ता भएका युवकको शव ६ दिनपछि आज (शुक्रबार) भेटिएको छ ।

फेटा गाउँपालिका वडा नम्बर १ मा पर्ने त्रिवेणी नदी पुलबाट अन्दाजी १०० मिटर दक्षिण तिर बालुवाले छोपेको अवस्थामा २१ वर्षीय विक्की गोसाइँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

गत असोज १९ गते प्रसौनी गाउँपालिकावडा नम्बर २ स्थित दुधौरा खोलामा बाढी आएका बेला टिकटक बनाउने क्रममा पुलबाट विक्की र उनका साथी २० वर्षीय अनुराग केसरबानी दुवै जाना पुलबाट खोलामा हाम फालेका थिए । त्यसक्रममा अनुराग पौडिएर निस्किएका थिए भने विक्की बाढीले बगाएर बेपत्ता भएका थिए ।

खोलाको बाढीले बगाएर बेपत्ता भएका विक्कीको सशस्त्र प्रहरीको विशेष टोलीसहित स्थानीयले ३ दिनसम्म खोजी गर्दापनि उनि फेला पर्न सकेकका थिएनन् ।

आज(शुक्रबार) बिहान त्रिवेणी खोलाको बगरमा बालुवाले छोपेको अवस्थामा शव देखिएपछि मृतकका बुवाले प्रहरीमा खबर गरेका थिए । त्यसपछि ईलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठसहितको टोली त्यहाँ पुगेर बालुवाले पुरेको अवस्थामा भेटिएको शवको सनाखत गर्दै पोष्टमार्टमका लागि कलैयास्थित प्रादेशीक अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Related posts

पर्सामा साढे १५ किलो चरेससहित एक युवक पक्राउ

MadhesKhabar

पर्सामा नवनिर्वाचित १३ पालिका प्रमुखले शपथ लिए

MadhesKhabar

पर्साबाट अपहरणमा परेका साहकाे भारतबाट नेपाल प्रहरीले गर्याे सकुशल उद्धार 

MadhesKhabar

Leave a Comment