Madhes Khabar
स्थानिय हेडलाइन

पटेर्वा सुगौली गाँउपालिकाकी उपाध्यक्ष महत्तो देशभरिमै उत्कृष्ट ‘सि लिड्स आइकन’ले सम्मानित

वीरगन्ज,१९पुसःपर्साको पटेर्वा सुगौली गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तो थारु देशभरिकै पालिकाहरुबाट छनौट भएका महिला जनप्रतिनिधी मध्ये उत्कृष्ट ६ मा पर्न सफल भएकी छन् ।‘सि लिड्स आइकन’का लागि देशभरीबाट छनौट भएका २७ जनामध्ये उत्कृष्ट ६ मा पर्न महत्तो सफल भएकी हुन् ।

कल्प इम्पावरमेन्ट वुमेन नेपालले आह्वान गरेको ‘सि लिड्स आइकन’का लागि देशभरका ७ सय ५३ पालिकामध्ये १ सय ४० पालिकाका महिला जनप्रतिनिधी (पालिका अध्यक्ष र उपाध्यक्ष) ले आवेदन दिएका थिए । तीमध्ये पालिकाले गरेको भौतिक विकास, सुशासन, महिलाको शिक्षा,स्वास्थ्य र सशक्तिकरणका क्षेत्रमा निर्वाह गरेको भूमीकाको मूल्यांकन गरेर २७ जना छनौट भएकोमा ती मध्येपनि उत्कृष्ट ६ जनामा पटेर्वा सुगौली गाँउपालिकाकी उपाध्यक्ष महत्तो पर्न सफल भएकी हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट ६ जनामा पर्न सफल महत्तोसहितका महिला जनप्रतिनिधीहरुलाई दोशल्ला ओढाउनुका साथै प्रमाणपत्र प्रदान गरेर सम्मानित गरे ।

Related posts

कलैयाका क्याम्पस प्रमुख कुशवाहालाई गाेली हानेकाे आशंकामा दुई जना पक्राउ

MadhesKhabar

कृषि ओैजार कारखाना सन्चालनको तयारी तिब्र , सांसद यादवले गरे निरिक्षण

MadhesKhabar

छोरी जन्मिएपछि मानवसेवा आश्रममार्फत पारिवारिक पुर्नमिलन: सासु–ससुरा अस्पतालमै आए बुहारी र नातिनीलाई लिन

MadhesKhabar

Leave a Comment