Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

वीरगन्ज,११कार्तिक: वीरगन्ज भन्सार कार्यालयले पछिल्लो गत असाेज महिनामा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेकाे छ ।भन्सार कार्यालयले गत असाेज महिनामा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत असाेज महिनाका लागि भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई २६ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो ।

असोजमा इन्धन आयातबाट मात्रै दुई अर्ब २९ करोड रुपैयाँ राजस्व प्राप्त भएको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिए।

त्यसैगरी, खाना पकाउने एलपिजी ग्यासको आयातबाट एक अर्ब ८० करोड, अलकत्रा (बिटुमिन) आयातबाट एक अर्ब ४० करोड र फलफूलतर्फ स्याउ तथा नास्पाति आयातबाट ५० करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

भन्सार कार्यालयका अनुसार असोज महिनासम्मको कुल राजस्व लक्ष्य ७० अर्ब ५६ करोड रहेकामा ६९ अर्ब १३ करोड रुपैयाँ संकलन भएको छ । चाडबाडलगायतका कारणले पनि भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलनमा सफलता हासिल गरेको हो ।

Related posts

धान खेतीका लागि युरिया मल वीरगन्ज नाकाबाट भित्रिन थाल्याे

MadhesKhabar

मुख्य नालामाथी बनेको हरिखेतान क्याम्पस भवन भत्काएर हटाउन वीरगन्ज महानगरको निर्देशन

MadhesKhabar

सहकारी पीडितहरुको रकम ऋण असुल गरेरै तिर्ने हो, राज्यकोषबाट होइन : मन्त्री रावल

MadhesKhabar

Leave a Comment