Madhes Khabar
खेलकुद हेडलाइन

टि-२० सिरिज : हङकङलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं,४कार्तिक:कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ ।

लगातार तेस्रो जितसँगै नेपाल सिरिजमा एक खेल बाँकी छँदै फाइनलमा पुगेको छ ।

नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।

यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो ।

नेपालको सुरुवात भने राम्रो थिएन । ९ रन जोड्दा पहिलो विकेटका रुपमा कुशल भुर्तेल मात्र २ रनमा आउट भएका थिए । तेस्रो नम्बरमा आएका सोमपाल कामी पनि मात्र ८ रनमै आउट भए । त्यसपछि आसिफ शेख (२०) र कप्तान रोहित पौडेल (११) को विकेट गुमाउँदा नेपालको स्कोर ५५/४ थियो ।

तर, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी शतकीय साझेदारी गरे । दुवैले पाँचौं विकेटका लागि १४५ रनको साझेदारी गरे ।

टी-२० आईमा पाँचौ विकेटका लागि यो नै उच्च साझेदारी हो । यसअघि न्युजिल्याण्डका मार्क च्यापम्यान र जिमी निसमले पाकिस्तानविरुद्ध पाँचौ विकेटका लागि अविजित १२१ रनको साझेदारी गरेका थिए ।

कीर्तिमानी साझेदारी गर्ने क्रममा मल्ल शतक नजिक पुगे भने ऐरीले अर्धशतक बनाए । ३० बलमा ५० रन पूरा गरेका ऐरी १९औं ओभरको अन्तिम बलमा ५७ रनमा आउट भए । ३४ बलको सामना गरेका उनले दुई छक्का र ६ चौका हानेका थिए ।
मल्ल भने ८ रनले शतक बनाउन चुके । शतकका लागि उनलाई ८ रन चाहिएको थियो र २ बल बाँकी पनि थियो । तर बाउन्ड्री हान्ने प्रयासमा मा उनी आउट भए । ४१ बलको सामना गरेका उनले ९ वटा छक्का र तीन चौकाको मद्दतमा ९२ रन बनाए ।

Related posts

बारामा सिंचाईका लागि माेटरमा तार जाेड्ने क्रममा करेन्ट लागेर एक युवककाे मृत्यु

MadhesKhabar

सरकारकाे नीति तथा कार्यक्रममा वीरगन्ज चिनी कारखानालाई छुटाएकाे प्रति सांसद यादवकाे आपत्ति

MadhesKhabar

भारतबाट एक महिनामै ४ अर्ब २६ करोडको धान–चामल आयात

MadhesKhabar

Leave a Comment