Madhes Khabar
स्थानिय

टी–२० विश्वकपमा सहभागी अनिल साहलाई कलैया उपमहानगरद्वारा १ लाख १ हजार प्रदान

बारा,१२असारःबाराको कलैया उपमहानगरपालिकाले टी–२० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टिमबाट सहभागी भई फर्किएका राष्ट्रिय क्रिकेट टिमका सदस्य अनिल साहलाई नगदसहित सम्मानित गरेको छ । कलैया निवासी साहलाई कलैया उपमहानगरपालिकाले १ लाख १ हजार रुपैयाँ प्रदान गरेर सम्मानित गरेको हो ।

कलैया उपमहानगरपालिकाका मेयर विनोद साहले पूर्व घोषणा अनुसार नेपाली टोलीका ब्ब्याटर साहलाई १ लाख १ हजार रुपैयाँको चेक हस्तान्तरण गरे।साहलाई मेयर साह र नगर खेलकुद विकास समितिका संयोजक महमद समिउल्लाहले संयुक्त रूपमा खादा ओढाएर कदरपत्रबाटपनि सम्मानित गरे।

 

Related posts

पोखरीयाका जनप्रतिनिधिलाइ बिपद ब्यवस्थापन तालिम

MadhesKhabar

काँग्रेस पर्साका पूर्व उपसभापति जयसवालको निधन

MadhesKhabar

वीरगन्जको मेनरोड बारे संसदमा फेरि बोले यादव– अदालतले मुद्दाको छिटो छिनोफानो गरिदिनु पर्यो

MadhesKhabar

Leave a Comment