Madhes Khabar
स्थानिय

काँग्रेस पर्साका पूर्व उपसभापति जयसवालको निधन

वीरगन्ज,१मंसिरः नेपाली काँग्रेस पर्साका पूर्व उपसभापति अशोक जयसवालको निधन भएको छ ।झन्डै सात वर्षदेखि ‘एमएन्डी’ नामक रोगले ग्रसित ५५ वर्षिय जयसवालको वीरगन्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको परिवार निकट स्रोतले जनाएको छ ।

रोगका कारण जयसवाल लामो समयदेखि शारीरिक रूपमा अशक्त भइसकेका थिए । यद्यपि चिकित्सकहरूको निगरानीमा भने उनको उपचार चलिरहेको थियो ।

अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको र उपचारको क्रममा उनको निधन भएको अस्पताल प्रशासनले जनाएको छ ।

काँग्रेस पर्साका पूर्व सचिव समेत रही सकेका जयसवाल पर्साको रामनगरी निवासी भए पनि उनी वीरगन्ज – ११ रानीघाटमा बस्दै आएका थिए । उनका दुई छोरा र तीन छोरी छन् ।

Related posts

पटेर्वा सुगाैलीमा ऐलानी जग्गामा राेपियाे फलफुलका १ हजार विरुवा

MadhesKhabar

वीरगन्ज कृषि औजार कारखाना रहेको पर्सामा महावीर पुनको किताब २ हजार थान बिक्री

MadhesKhabar

वीरगन्जमा ब्राउन सुगरसहित तीनजना पक्राउ

MadhesKhabar

Leave a Comment