Madhes Khabar
स्थानिय

पोखरियामा पनि मनाइयो बलिदानी दिवस

मधेसखबर
वीरगन्ज,०५माघः हरेक माघ ५ गते मधेसी शहिदको स्मृतिमा मनाइने बलिदानी दिवस बिहीबार पर्साको पोखरियामा पनि मनाइएको छ ।

पोखरीया बजार स्थित शहिद चन्दन पटेलको शालीकमा फुलमाला अर्पण गरि बलिदानी दिवस मनाइएको हो । जनता समाजवादी पार्टी (जसपा)) को पोखरिया नगर समितिले श्रद्धाञ्जली सभाको आयोजना गरि बलिदानी दिवस मनाएको जसपाकी केन्द्रिय सदस्य नेतृ सल्मा खातनुले बताइन् ।

श्रद्धान्जलीसभामा बोल्दै वक्ताहरुले मधेस आन्दोलन र मधेसी शहिदको बलिदानीबाट नै संघीयता, समावेशीता जस्ता राजनीतिक उपलब्धिहरु प्राप्त भएकाले शहिदको त्याग र आहूतीलाई भुल्न नहुनेमा जोड दिए ।

कार्यक्रममा जसपाका केन्द्रीय सल्लाहकार खलील मिया, शहिद चन्दन पटेलका काका मनोज पटेल, जसपाका क्षेत्रीय अध्यक्ष पवन कुमार सिंह, नेतृ डा.मधु गुप्ता, जसपा नगर अध्यक्ष राजु साह, मुख्तार मिया, हरिन्द्र साह, देवेन्द्र साह, जग मुखिया लगायतका नेता कार्यकर्ताको पनि सहभागीता थियो ।

Related posts

शीवम लेयर्स फार्मको दुर्गन्ध र झिंगा आतंकले १० हजार भन्दा बढि गाँउलेको स्वास्थ्य जोखिममा

MadhesKhabar

वीरगन्जमा नेपाली र भारु रकमसहित धनुषाका कलवार पक्राउ

MadhesKhabar

पटेर्वा सुगाैली गाँउपालिकाकाे आगामी आर्थिक वर्षकाे बजेट सर्वसम्मतिले पारित

MadhesKhabar

Leave a Comment