Madhes Khabar
स्थानिय

वीरगन्जको ट्रायल सेन्टरबाट दुई नक्कली परिक्षार्थी पक्राउ

मधेसखबर
वीरगन्ज ,२२ माघ : सवारी चालक अनुमति पत्रका लागि लिइने ट्रायल परिक्षाको ट्रायल सेन्टरबाट दुइ जना नक्कली परिक्षार्थी पक्राउ गरेका छन् ।वीरगन्ज महानगरपालिका वडा नम्बर २३ स्थित ट्रायल सेन्टरबाट आइतबार दुइ जना नक्कली परिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ३ का ३६ वर्षिय निजामोदिन अन्सारी र वीरगन्ज महानगरपालिका वडा नम्बर २४ का २० वर्षिय सर्दुन अन्सारी रहेका छन् ।ट्रायल सेन्टरमा सुरक्षार्थको लागि वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले अरु परिक्षार्थीको नाममा लिखित ट्रायल दिने क्रममा कृते हाजिरी गरेको अवस्थामा अन्सारीद्वयलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भैरहेको पर्साका प्रहरी प्रवत्तःा प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

Related posts

वीरगन्ज महानगरले १३ बर्षपछि जित्यो आदर्शनगर रंगशाला अगाडीको जग्गाको मुद्दा

MadhesKhabar

सिमरामा भएको बस दुर्घटनाको अपडेट : मृतक र घाइतेहरुको नाम–ठेगाना खुल्यो

MadhesKhabar

पर्साको सिडिओ कार्यालयमा राष्ट्रिय सतर्कता केन्द्रको छड्के अनुगमन

MadhesKhabar

Leave a Comment