Madhes Khabar
स्थानिय हेडलाइन

सिमरामा भएको बस दुर्घटनाको अपडेट : मृतक र घाइतेहरुको नाम–ठेगाना खुल्यो

वीरगन्ज,१२कार्तिक : बाराको सिमरामा शनिबारराति भएको बस दुर्घटनामा मृत्यु हुने र घाइते भएकाहरुको नाम ठेगाना खुलेको छ ।
चितवनको जलवीरेबाट पिकनिक मनाएर वीरगन्ज फर्किरहेकोे ना ७ ख ४७४९ नम्बरको तारकेश्वर ट्राभल्सको बस बाराको सिमरा चोकस्थित राष्ट्रिय वाणिज्य बैंक रहेको घरमा ठोक्किर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा एक युवकको मृत्यु हुनुका साथै ४० भन्दाबढी घाइते भएका थिए ।मृत्य हुनेमा भारतको मोतिहारी जिल्ला पोखरीया पपरीया ढाका किरैया घर भई हाल वीरगन्ज महानगरपालिका वडा नम्बर ७ मा बस्दै आएका २७ वर्षिय मुकेश साह रहेको प्रहरीले जनाएको छ ।

घाइते मध्ये हुनेहरु अधिकांश वीरगन्जको गहवाका रहेका छन् । ती मध्ये दुई जनाको अवस्था गम्भिर छ । प्रहरीका अनुसार घाइते हुनेहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर ८ गहवाका ३० वर्षिय सुरज साह कानु, १८ वर्षिया प्रीया गुप्ता, १६ वर्षिया मनिषा साह, २३ वर्षिया सेजल गुरूङ, ५२ वर्षिय ललन चौरसिया, २७ वर्षिय राजन कुमार गुप्ता, २८ वर्षिय मोहन साह कानु रहेका छन् ।

यस्तै दुर्घटनामा बाराको कलैया २० का ४५ वर्षिय वीर बहादुर महतो, कलैया ७ का १८ वर्षिय प्रसाद गुप्ता, कलैया ७ कै ३५ वर्षिय अविनाश गुप्ता र बसका सहचाकल बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ का १९ वर्षिय अनिष राईपनि घाइते भएका छन् ।

Related posts

गणतन्त्र दिवसकाे उपलक्ष्यमा कांग्रेसद्वारा वीरगन्जमा दीप प्रज्वलन

MadhesKhabar

वीरगन्जका थप ७ वटा वडाका बिरामीहरुकाे उपचारमा नेशनल मेडिकल कलेजले छुट दिने

MadhesKhabar

महानगरले कडाई गरेपछि सिर्सिया नदीको प्रदुषण रोक्न तात्न थाले उद्योगहरु

MadhesKhabar

Leave a Comment