Madhes Khabar
स्थानिय

सक्रिय पत्रकार महिला पुरस्कार प्रेस युनियनकी केन्द्रिय सदस्य पौडेललाई प्रदान गरिने

वीरगन्ज,१०भदौं :मध्य नेपाल सक्रिय पत्रकार महिला पुरस्कार नेपाल प्रेस युनियनकी केन्द्रिय सदस्य निलिमा पौडेललाई प्रदान गरिने भएको छ ।

वीरगन्जमा महिला सञ्चारकर्मीहरुले सञ्चालन गरेको मध्य नेपाल मिडिया प्रा.लि.को मध्य नेपाल सन्देश पत्रिकाले हरेक वर्ष प्रदान गर्दै उक्त पुरस्कार यस वर्ष पौडेललाई प्रदान गर्ने भएको हो ।पौडेल रेडियो वीरगन्जमा डेढ दशकदेखि कार्यरत छिन् ।

डेढ दशकदेखि पत्रिकारीतामा सकृय पौडेललाई यस वर्षको मध्य नेपाल सक्रिय पत्रकार महिला पुरस्कार प्रदान गर्ने निर्णय गरिएको मध्य नेपाल सन्देश पत्रिकाकी सम्पादक कविता खड्काले बताइन् ।पत्रिकाको आठौँ वार्षिकोत्सवको अवसरमा यही भदौं १२ गते हुने कार्यक्रममा ११ हजार १११ रुपैयाँ राशीसहितको पुरस्कार पौडेललाई प्रदान गरिने खड्काले जानकारी दिइन् ।

Related posts

सिर्सिया नदी प्रदुषित गर्ने उद्योगभित्रै वीरगन्ज महानगरले आजपनि लगेर थुपारिदियो फोहोर

MadhesKhabar

जगरनाथपुर गाउँपालिकाले सासु ससुराकाे राम्रोसँग स्याहार सुसार गर्ने बुहारीहरुलाई सम्मान गर्ने

MadhesKhabar

पोखरिया नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतकाे फेरि सरूवा,श्रीवास्तवलाई १ महिनापनि टिक्न दिएनन्

MadhesKhabar

Leave a Comment