वीरगन्ज,२०चैत:पर्साको पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको पुनः सरुवा भएको छ ।
पाेखरिया नगरपालिकामा गत फागुन १५ गते हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवकाे चैत१७ गते आइतबार सरुवा गरिएको हो ।मेयर प्रदुमन चाैहानसंगकाे टकरावका कारण श्रीवास्तवकाे १ महिनामै सरुवा गरिएको हाे।श्रीवास्तवकाे जिल्ला समन्वय समिति पर्सामा सरुवा गरिएको हाे।
श्रीवास्तवले भने,`चैत १७ गते सरुवाकाे पत्र आयाे,चैत १९ गते रवानापत्र बुझे ,अब बिहीबार जिल्ला समन्वय समिति पर्सामा हाजिर हुन्छु।´
कार्यालयकाे प्रशासनिक र आर्थिक कामका लागि मेयर चाैहानले दिएकाे अनुचित दबाब श्रीवास्तवले नमानेपछि मेयर चाैहानले संघीयत मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आँफै धाएर उनकाे सरुवा गर्न लगाएकाे श्राेतले जनाएको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता मेयर चाैहान आबद्ध दल एमालेकै हुन्।
पर्सा जिल्लामा सबै भन्दा धेरै प्रमुख प्रशासकीय अधिकृतकाे सरुवा हुने पालिकामा पाेखरिया नगरपालिका पहिलाे नम्बरमा पर्छ।यसअघपनि उक्त नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पटक पटक सरुवा हुँदै आएका छन्।पाेखरिया नगरपालिकामा यसअघि पनि हालसम्म कोही प्रमुख प्रशासकीय अधिकृत धेरै समय टिक्न सकेका छैनन् । २०७९ साल फागुन ८ गते दरबन्दी भई आएका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीलाई ३९ दिनमै सरुवा गराइएको थियो । त्यस्तै २०८० साल जेठ २ गते देवेन्द्र सापकोटा हाजिर भएका थिए । उनलाई समेत उक्त पालिकामा टिक्न दिइएन । उनको पनि सरुवा ३ महिना नपुग्दै २०८० भदौँ ८ गते गरिएकाे थियाे ।
पोखरिया नगरपालिकामा सबभन्दा बढी टिक्ने अधिकृत मध्ये एक हुन् अजय श्रीवास्तव । २०८० साल आश्विन १८ गते निमित्त प्रमुख प्रशासकीय अधिकृत भई आएका अजय श्रीवास्तव २०८१ माघसम्म कार्यरत थिए।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८१ माघ ९ गते देशभरका १३ वटा पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी एकैपटक रद्द गर्ने निर्णय गरेपछि अजय श्रीवास्तव प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारीबाट हटेका थिए।
फेरि उनै अजय श्रीवास्तवलाई नै प्रमुख प्रशासकीय अधिकृतमा फर्काउने मेयर चाैहानकाे मनसाय रहेकाले विनय श्रीवास्तवकाे ३२ दिनमै सरुवा गराएको श्राेतले जनाएको छ।

