Madhes Khabar
शिक्षा हेडलाइन

वीरगन्जसहित देशभरका निजी विद्यालयको थप आन्दोलन : अनिश्चितकालीन बन्दसम्मको घोषणा

वीरगन्ज,१२भदौंःवीरगन्जसहित देशभरका निजी तथा आवासीय विद्यालयका सञ्चालकहरूले आन्दोलनलाई थप चर्काउने भएका छन् ।

प्याब्सन, एन प्याब्सन, हिसान, अपेन, एनएमए लगायतका शिक्षा क्षेत्रमा क्रियाशील संस्थाहरूले शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टिसहित ५ माग राख्दै संयुक्त आन्दोलनलाई जारी राखेका छन् ।संयुक्त विज्ञप्तिमा भोलि (शुक्रबार)देखि भदौं १८ गतेसम्मलाई चरणबद्ध आन्दोलन घोषणा गरिएको छ ।

जसमा देशभरका विद्यालयमा आन्तरिक छलफल र अभिभावकसँग परामर्श, निजी विद्यालय आंशिक बन्ददेखि त्यसपछि पनि माग सम्बोधन नभए भदौं १८ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्दका कार्यक्रम राखिएको छ ।

यसैबीच वीरगन्जमा रहेका निजी विद्यालयका सञ्चालकहरुले बिहीबार विरोध र्याली निकालेका छन् । निजी विद्यालय सञ्चालकसम्बद्ध विभिन्न संघसंस्थाहरुले निकालेको विरोध र्यालीले नगरपरिक्रमा गरेको थियो । र्यालीपछि आयोजित कोणसभापनि गरिएको थियो ।

 

Related posts

नारायणी अस्पतालका डाक्टरहरुलाई मेयर सिंहकाे सुझाव: बिरामीसंग गर्ने व्यवहार सुधार्नुस्

MadhesKhabar

जानकीटाेलमा आयाेजित शिविरमा ५३५ जनाकाे स्वास्थ्य परिक्षण

MadhesKhabar

पर्साकी उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध हुने पक्का

MadhesKhabar

Leave a Comment