Madhes Khabar
स्थानिय हेडलाइन

रसुवा बाढीः बाराकाे जीतपुरसिमरा उपमहानगरले ११ लाख सहयोग गर्ने

Lavc57.27.100

सिमरा,११भदाैं: रसुवामा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाले प्रभावितहरूको राहत तथा उद्धारका लागि ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। उपमहानगरको बिहीबार बसेको ६९औं नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने उपमहानगरका लेखा प्रमुख तथा उपसचिव हरिशंकरप्रसाद कुर्मी जानकारी गराएका छन् । अकल्पनिय रुपमा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत, पुर्ननिर्माणका लागि उक्त रकम सहयोग गर्ने निर्णय भएको कुर्मीले बताए ।

यसैगरी आफ्नो सेवा सुविधाबाट नगर प्रमुखले १० हजार, उपप्रमुखले पाँच हजार, वडाध्यक्ष तथा कार्यपालिका सदस्यले दुई हजार थप रकम सहयोग गर्ने निर्णय गरिएको छ । उक्त रकम पनि कोषमा जम्मा गरिनेछ । बैठकले उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारी र शिक्षकहरूलाई पनि स्वैच्छिक रूपमा राहत कोषमा योगदान गर्न आह्वान गर्ने निर्णय गरेको छ ।

 

उपमहानगरले बाढी प्रभावित क्षेत्रमा काम गर्न वा तीर्थाटनका लागि गएका उपमहानगरवासीहरूको यथार्थ स्थिति पत्ता लगाउन स्थानीय वडा कार्यालयहरूमार्फत विवरण तथा तथ्याङ्क संकलन गर्ने निर्णय गरेको छ । प्रभावित नागरिकहरूको सूचना आदानप्रदानलाई सहज बनाउन उपसचिव उमेश वाग्लेलाई ९८६०८१११११ र नगर प्रहरी इन्चार्ज रविनकुमार खड्कालाई ९८५५०२९११०, ९८६६१२९९१६ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।साभार:इशिलालेख

Related posts

नवनिर्वाचित उपराष्ट्रपति यादवले लिए शपथ

MadhesKhabar

पर्सामा सुमाे र माेटरसाइकल ठाेक्किएर आगाे लाग्दा एककाे मृत्यु,उद्दारका लागि एम्बुलेन्स लिएर पुगे अध्यक्ष यादव

MadhesKhabar

सुकुम्बासीको नाममा वनको जग्गा अतिक्रमण गर्ने षड्यन्त्र सफल हुँदैन : मन्त्री यादव

MadhesKhabar

Leave a Comment