Madhes Khabar
राजनीति हेडलाइन

नवनिर्वाचित उपराष्ट्रपति यादवले लिए शपथ

काठमाडौं ,६चैत : नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रममा उपराष्ट्रपति यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल चैत ४ गते सकिएको थियो ।

Related posts

एमाले ठोरीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

MadhesKhabar

पार्टी फुटाएको विरुद्ध उपेन्द्र यादवले दिए सर्वोच्च अदालतमा रिट

MadhesKhabar

मधेस सरकारबाट समर्थन फिर्ता लिदैं जनमत पार्टीले मुख्यमन्त्री र मन्त्रीहरुलाई पनि फिर्ता बाेलायाे

MadhesKhabar

Leave a Comment