Madhes Khabar
स्थानिय

“अर्चना गुप्ता महिला सशक्तिकरण स्मृति पुरस्कार” पोखरियाकी सरितलाई प्रदान गरिने

वीरगन्ज,१जेठ : गैरसरकारी संस्था महासंघ नेपाल पर्साद्वारा स्थापित “स्वर्गीय अर्चना गुप्ता महिला सशक्तिकरण स्मृति पुरस्कार” यस वर्ष पर्साको पोखरिया नगरपालिका–४ निवासी अधिवक्ता स्वेता सरितलाई प्रदान गरिने भएको छ।

महासंघ पर्साका सचिव चन्देश चौहानका अनुसार स्वर्गीय अर्चना गुप्ताको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार यसवर्ष महिला अधिकार तथा सामाजिक क्षेत्रमा सक्रिय योगदान पु¥याएकी अधिवक्ता सरितलाई प्रदान गर्ने निर्णय गरिएको हो ।

सरितले विगत दुई दशकदेखि विभिन्न गैरसरकारी संघसंस्थामार्फत महिला अधिकार, महिला सशक्तिकरण तथा बालबालिकासम्बन्धी विषयमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन् । समाजमा रहेका विकृति तथा विसंगतिविरुद्ध इमान्दारीपूर्वक काम गर्दै महिला अधिकारका सवालमा उल्लेखनीय योगदान पु¥याएको भन्दै उनलाई सम्मान गर्न लागिएको महासंघले जनाएको छ ।

गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा बुधबार बसेको बैठकले अधिवक्ता सरितलाई एक विशेष कार्यक्रमबीच दोस्रो “स्वर्गीय अर्चना गुप्ता महिला सशक्तिकरण स्मृति पुरस्कार” प्रदान गर्ने निर्णय गरेको हो । अध्यक्ष साहका अनुसार पुरस्कारको राशी ११ हजार रुपैयाँ रहेको छ ।

स्वर्गीय अर्चना गुप्ता गैरसरकारी संस्था महासंघ नेपाल पर्साकी कार्यसमिति सदस्य समेत रहेकी थिइन् । उनको ४० वर्षको उमेरमा २०८१ वैशाख ९ गते असामयिक निधन भएको थिय

Related posts

स्वर्गीय पत्रकार त्रिभुवनको १३ औ दिनको पुण्यतिथिमा वीरगन्जमा दिप प्रज्वलन

MadhesKhabar

जिपी कोइराला फाउण्डेशन पर्साको संयोजकमा धिरज गुप्ता मनोनित

MadhesKhabar

असारे बजेटको कमाल : वीरगन्जमा बनाइएको पुल दुई महिना नबित्दै भत्कियो

MadhesKhabar

Leave a Comment