वीरगन्ज,२१फागुनःपर्साको ठोरी गाँउपालिकाको नेकपा एमालेको अध्यक्षमा पुन खगेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि बुधबार भएको निर्वाचनमा अध्यक्ष पदका अर्का उम्मेदवार नीलप्रसाद शर्मालाई ३४ मतान्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।
कूल मतदाता १०२ रहेकोमा बुधबार भएको निर्वाचनमा १०० मत मात्रै खसेको थियो । जसमा अध्यक्षमा निर्वाचित श्रेष्ठले ६७ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी शर्माले ३३ मत मात्रै पाए । श्रेष्ठ अघिको कार्यकालमा भने अध्यक्षमा सर्वसम्मत चयन भएका थिए ।
ठोरी–५ सुर्वणपुरमा मंगलबारदेखि सुरु एमाले ठोरी गाँउपालिकाको दोस्रो अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गरिएपनि सहमति नुहदाँ अध्यक्ष चयनका लागि बुधबार निर्वाचन गरिएको थियो ।