Madhes Khabar
राजनीति

मधेश प्रदेश सभामा विपक्षी बिनानै दुई विधेयक पारित


मधेशखबर
२६ असाढ , २०७९ , वीरगंज मधेश प्रदेश सभामा शनिबार विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमालेको बहिस्कारका बीच बसेको बैठकले दुई विधेयक पारित गरेको छ ।
जापानी प्रधानमन्त्री सिञ्जो आबेको निधनमा नेपालमा राष्ट्रिय शोक घोषणा गरेको दिन शनिबार वैठक राखेको भन्दै लोसपा र एमाले सांसदले बैठक बहिष्कार गरेका थिए ।
विपक्षी सांसद बैठक बहिष्कार गरेर हिंडेपनि बैठकलाई निरन्तरता दिइएको थियो । बैठकले आर्थिक विनियोजन विधेयक र प्रदेश सभा सचिवालय कार्य संचालन सम्बन्धी विधेयक पारित गरेको छ ।
वैठकमा विपक्षी दलका सांसद अनुपस्थित हुँदा पनि सभामुख सरोज कुमार यादवले यो दुबै विधेयक सर्वसम्मतले पारित भएको घोषणा गरेका थिए ।
प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) को नेतृत्वमा नेपाली कांग्रेस,नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र सहभागी सरकार छ । प्रदेश सभामा यी दलहरुको बहुमत छ ।
‘प्रतिपक्षीको अनुपस्थितिमा वैठक बस्नु लोकतन्त्रको चिरहरण भएको छ’, विपक्षी दल लोसपाका सांसद उपेन्द्र महतोले भने, ‘यस्तो परम्पराले एउटा नजिर बस्छ ।’
आइतबार सुरु भएको १६ औं बैठकको सुरुमै बोल्दै महतोले प्रतिपक्षी बिना बैठक बसाइएको भन्दै खेद प्रकट गरे ।
साभार अनलाईनखबर

Related posts

सिके राउत पनि बालकाेटकाे वार्तामा सहभागी

MadhesKhabar

उपेन्द्र यादवको जसपा नेपालले कीर्तिपुरको मेयरमा तेस्रो लिंगी हनिलाई बनायो उम्मेदवार

MadhesKhabar

हरिखेतान क्याम्पसमा नेविसंघको इकाई समिति गठन

MadhesKhabar

Leave a Comment