
मधेसखबर
वीरगन्ज,३फागुन : वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको इकाई समिति गठन गरिएको छ ।बुधबार क्याम्पसकै सभाकक्षमा सम्पन्न नेविसंघको भेलाले सुरज यादवको अध्यक्षतामा २१ सदस्यीय इकाई समिति गठन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा इरसाद आलम, सरफराज आलम, सुरज चौरसिया, फिजा अर्फात खातुन, र स्लोक दास,सचिवमा सृजना रौनियार र आयुष यादव, सह–सचिवमा आकाश साह, सुधा यादव, सलोनी श्रीवास्तव र अनिष अहमद गदी तथा कोषाध्यक्षमा सबिना खातुनलाई चयन गरिएको छ।
यस्तै सदस्यमा राम बिनय चौरसिया,जलिन्द्र प्रसाद साह, अर्साद अन्सारी,पुष्पान्जली साह,वोलिमा खातुन,मोफिया खातुन र राहुल यादव रहेका छन् ।
नेविसंघ पर्साका अध्यक्ष रमेश यादव र नेवि संघका केन्द्रिय प्रतिनिधि सुरज सेजुवालको विशेष उपस्थितीमा सम्पन्न भेलामा नेवि संघ पर्साका पुर्व उपाध्यक्ष साबिर हुसैन, ठाकुरराम क्याम्पसका विद्यार्थी नेता बिकास मन्डल, सुधान्सु चौरसिया, पवन पटेल, नेविसंघ छिपहरमाइ गाँउपालिका अध्यक्ष प्रवेज गदी लगायतको पनि उपस्थिति रहेको थियो ।

