Madhes Khabar
राजनीति

दिल्ली पुगेर सिके राउतले भेटे भाजपाका नेतालाई

काठमाडौं,६भदौं : जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत भाजपाको मूख्यालय नयाँ दिल्लीमा पुगेका छन् । भाजपाका विदेश विभाग इन्चार्ज विजय चौथाईवालेसँग राउत र उपाध्यक्ष दीपक साहले बुधबार दिउँसो भेट गरेका हुन् ।

उपाध्यक्ष साहले भाजपा नेताहरुसँग पार्टी–पार्टी सम्बन्ध आदानप्रदानका कुराहरु भएको बताए । यसअघि पनि भाजपासँग आफूहरुको सम्बन्ध रहँदै आएको उनले बताए ।

‘राजनीतिक भेटघाट र दुई पार्टीबीच सहकार्यका बारेमा कुरा भयो,’ साहले भने, ‘हामी पहिले पनि आएका थियौं । चुनाव सकिएपछि दुई पार्टीको सम्बन्ध लगायतका विषयमा कुरा भएको छ । अरु ठोस कार्यसूची छैन । केही राजनीतिक भेटघाट र अध्यक्षज्यूका व्यक्तिगत कामसमेत छन् ।’

भाजपाले ट्वीट गर्दै जनमत पार्टी अध्यक्षसँग दुई पार्टीबीचको सम्बन्ध आदानप्रदान, बिस्तार तथा घनिष्टता वृद्धि गर्दै जाने बारेमा छलफल भएको जानकारी दिएको छ । साभार : अनलाइनखबरबाट

Related posts

ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचनका लागि तात्यो नेविसंघ

MadhesKhabar

पर्सामा दलहरुले गणतन्त्र दिवस संयुक्त रुपमा मनाउने

MadhesKhabar

एमालेका वडा अध्यक्षका प्रत्याशी खुर्रम आलम काँग्रेस प्रवेश, चौरसियाले गरे स्वागत

MadhesKhabar

Leave a Comment