Madhes Khabar
राजनीति हेडलाइन

एमालेका वडा अध्यक्षका प्रत्याशी खुर्रम आलम काँग्रेस प्रवेश, चौरसियाले गरे स्वागत

मधेसखबर
वीरगन्ज, २० कार्तिक : वीरगन्ज महानगरपालिका वडा नम्बर २६ का नेकपा एमालेका प्रभावशाली नेता खुर्रम आलम , नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा उम्मेदवार समेत बनेका आलम, आइतबार एमाले परित्याग गरि काँग्रेसमा प्रवेश गरेका हुन् ।

आइतबार बिहान पर्सा क्षेत्र नम्बर २ का पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारहरुले वडा नम्बर २६ मा गरेको चुनावी घरदैलोका क्रममा आलम एमाले परित्याग गरि काँग्रेसमा प्रवेश गरेका हुन् । उनलाई काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसियाले अबीर टीका लगाएर पार्टीमा स्वागत गरे । काँग्रेस प्रवेश गर्दै आलमले पर्सा २ मा चौरसिया सहित गठबन्धनका उम्मेदवारलाई जिताउन आजै देखि आफु कम्मर कसेर लाग्ने प्रतिबद्धता जनाए ।

त्यस अवसरमा गठबन्धनबाटै प्रदेशसभा सदस्यमा लोसपाका उम्मेदवार रमेश कुर्मीका साथै काँग्रेस, लोसपा , माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

Related posts

डाक्टरी छोडेर राजनीतिमा किन आइन् डा. मधु गुप्ता ?

MadhesKhabar

नेपाली सेनाले पहिलो पटक छठी माईलाई दियो सलामी

MadhesKhabar

खानेपानी मन्त्री यादवले भने : ढुक्क हुनुस् मधेस सहित समग्र देशको विकास अब जसपाले नै गर्छ

MadhesKhabar

Leave a Comment