
वीरगन्ज,३१भदाैं:वीरगन्जको नारायणी अस्पतालकाे एनआईसीयु वार्डकाे स्टाेर काेठामा आगलागी भएको छ।
मंगलबार बिहान करिब ४ बजेतिर अस्पतालकाे प्रसुती गृह भवनकाे तस्राे तल्लामा रहेकाे एनआईसीयुकाे स्टाेर काेठामा आगलागी भएको हाे।आगलागीबाट स्टाेर काेठामा रहेका सबै सामानहरु जलेर नष्ट भएको अस्पतालका सुचना अधिकारी डाक्टर उदयनारायण सिंहले जानकारी दिए।आगलागीबाट मानवीय क्षति भने नभएको उनले बताए।
बिहान ४ बजे लागेकाे आगाे वीरगन्ज महानगरपालिकाबाट आएकाे वारुण यन्त्रकाे सहयाेगमा निभाइएकाे उनले जानकारी दिए।
स्टाेर काेठामा बिजुलीको तार सर्ट भएर आगाे लागेकाे हुन सक्ने आशंका रहेकाे उनले बताए।आगलागीबाट भएको क्षतिकाे विवरण संकलन गर्ने काम भइरहेको उनले बताए ।

