Madhes Khabar
राजनीति हेडलाइन

बारा ४ का सांसद मियाँ लाेसपा छाडेर एमाले प्रवेश

मधेसखबर
वीरगन्ज ,२२ असाेज : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता तथा बारा क्षेत्र नम्बर ४ का सांसद एकबाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मियाँलाई शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।

लाेसपाले सत्ता गठबन्धनसंग चुनावी तालमेल गरेपछि टिकट नपाउने भएपछि मियाँ एमाले प्रवेश गरेका हुन् ।गठबन्धनबाट बारा ४ मा नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठ उम्मेदवार बन्ने निश्चित जस्तै छ।

मियाँलाई बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको टिकट दिने एमालेको तयारी छ ।

Related posts

बालेन शाह र सुदन गुरुङलाई पक्राउ गरेर कारबाही गर्न अनेरास्ववियुले प्रहरीमा दियो जाहेरी

MadhesKhabar

१० गाँउमा दुर्गन्ध फैलाएको शीवम् लेयर्स फार्म बन्द नहुदा गाँउले थप आक्रोशीत

MadhesKhabar

करोडौँ मुल्य पर्ने जग्गा टिबडेवालद्धारा वीरगन्ज महानगरलाई दान

MadhesKhabar

Leave a Comment