Madhes Khabar
राजनीति

जसपा पर्साका चारै जना क्षेत्रीय अध्यक्षहरु भन्छन् : हामी सबै यादवकै साथमा छौं

वीरगन्ज,१६असोज : पर्साको चार वटै प्रतिनिधी सभा क्षेत्रका जनता समाजवादी पार्टी (जसपा) का क्षेत्रीय अध्यक्षहरुले आफुहरु जिल्ला अध्यक्ष रामनरेश यादवकै साथमा रहेको बताएका छन् ।

पर्सामा जसपाको जिल्ला कार्य समितिको नेतृत्वको विषयलाई लिएर नेता कार्यकर्ताहरु दुई गुटमा विभाजित हुदै समानान्तर जिल्ला कार्य समिति नै गठन भइसकेको छ । एक समुहले असोज १० गते वीरगन्जमा कार्यक्रम गरेर रामनरेश यादव नेतृत्त्वको तदर्थ जिल्ला कार्य समिति भङ्ग भएको भन्दै सिंघासन साह तेलीको अध्यक्षातामा जिल्ला कार्य समिति गठन गरेको थियो ।

त्यहि विषयलाई लिएर मंगलबार जसपाका चारै जना क्षेत्रीय अध्यक्षहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेर आफुहरु यादव अध्यक्ष रहेकै जिल्ला कार्य समितिमा रहेको प्रष्टिकरण दिएका हुन् ।

जिल्ला उपाध्यक्ष एंव क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव , १ का अध्यक्ष घनश्यामबाबु गुप्ता , २ का अध्यक्ष कामेश पंडित र ४ का अध्यक्ष रामपुकार यादवले असोज १० मा गठन गरिएको भनिएको जिल्ला कार्य समितिको कुनै वैधानिकता नभएको बताएका छन् । पार्टीको विधान विपरित उक्त समिति गठन गरिएको प्रति घोर आपत्ति रहेको जनाउँदै उनिहरुले भ्रममा नपर्न जिल्लाका नेता कार्यकर्ताहरुलाई अपिलपनि गरेका छन् ।

साथै उनिहरुले आफुरु चारै जना यादव अध्यक्ष रहकै कार्य समितिमा रहेको र आफुहरुको साथ र समर्थन यादवलाई नै रहेकोपनि बताएका छन् ।

Related posts

बागीलाई काँग्रेसको कारबाही : द्विवेदी , पटेल र चौधरी पार्टीबाट निष्काशीत

MadhesKhabar

फुटको संघारमा पुगेको जसपाको केन्द्रिय कार्यकारीणी समितिको बैठक वीरगन्जमा बस्दै

MadhesKhabar

खादा–माला नलगाउने घोषणा गरेका मन्त्री गुप्ताले भने :प्रचण्डले अराजकता पैदा गरे,त्यसैले ओली र देउवा मिल्नु भयो

MadhesKhabar

Leave a Comment