Madhes Khabar
स्थानिय हेडलाइन

भास्करद्वारा वीरगन्ज महानगरपालिकालाई ५ थान ल्यापटप सहयोग

वीरगन्ज,२७कात्तिक:वीरगन्ज महानगरपालिकालाई भास्कर हर्वास्युटिकल्स उद्योगले पाँच थान ल्यापटप सहयोग गरेको छ ।

 

गएको भदौ २३ र २४ गते ‘जेन्जी’का नाममा भएको आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीका कारण महानगरपालिकाको भवन र कार्यालय सामग्रीहरू पूर्ण रूपमा नष्ट भएका थिए । त्यस घटनापछि कार्यालय सञ्चालन र प्रशासनिक कामहरू सहज बनाउन कठिनाइ परेको थियो ।

उक्त अवस्थालाई मध्यनजर गर्दै भास्कर हर्वास्युटिकल्स प्रा.लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरलाई सहयोगस्वरूप ल्यापटप उपलब्ध गराएको हो।बिहीबार महानगरपालिकामा आयोजित कार्यक्रममा उद्योगका प्रतिनिधि शम्भु अग्रवालले पाँच थान ल्यापटप महानगरका मेयर राजेशमान सिंहलाई हस्तान्तरण गरे । अग्रवालले समाज र स्थानीय निकायसँगको सहकार्यलाई प्राथमिकता दिने कम्पनीको नीति अन्तर्गत यो सहयोग गरिएको बताए । उनले भने, ‘वीरगन्ज हाम्रो कार्यस्थल मात्र होइन, हाम्रो समुदाय हो ।याे समुदायको पुनःस्थापनामा योगदान दिन पाउनु हाम्रो दायित्व हो ।’

कार्यक्रममा मेयर सिंहले भास्कर हर्वास्युटिकल्स प्रति आभार व्यक्त गर्दै भने ‘भदौको घटनापछि महानगरको भौतिक पूर्वाधार र उपकरण नष्ट हुँदा सेवा प्रवाहमा चुनौती आएको थियो । यस्ता सहयोगहरूले महानगरलाई पुनःस्थापनामा ठूलो सहयोग पु–याइरहेका छन् । हामी सबै दातृ संस्था र उद्योगसँग सहकार्यमा अघि बढ्नेछौं ।’

 

यसअघि पनि सूर्य नेपाल प्रा.लि., वीरगन्ज उद्योग वाणिज्य संघ, एन.पी.एल. समाज कल्याण संस्था, औषधी व्यवसायी संघ, के.एन.पी. जापान र बृटानियाजस्ता संस्थाहरूले ल्यापटप, कम्प्युटर, प्रिन्टर, टेबल–कुर्सी लगायतका सामग्री सहयोग गरिसकेका छन् ।

महानगरले यस्ता सहकार्य र सहयोगका कार्यक्रमहरूबाट पालिकाबाट प्रदान गरिने सेवाको पुनःस्थापना तथा डिजिटल प्रशासन प्रणालीलाई सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ ।

Related posts

बारामा आमा–छोराको हत्या प्रकरण : मृतक युवकका पत्नि र उनका प्रेमी पक्राउ

MadhesKhabar

नागरिकता लिन पर्सामा सेवाग्राहीको भिड, पहिलोदिन लिए १२१ जनाले नागरिकता

MadhesKhabar

बारामा २२ वटा रक्सीभट्टी तोडफोड गरी १ लाख ४१ हजार लिटर मदिरा नष्ट

MadhesKhabar

Leave a Comment