बारा,१४माघःबाराको परवानीपुर गाउँपालिका वडा नम्बर १ रहरियाडमा बुधबार बिहान एकै परिवारका भएको हत्याको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
परवानीपुर गाउँपालिका–१ रहरियाडमा बुधबार बिहान २८ वर्षीय रामेश्वर मण्डल र उनकि आमा ४६ वर्षीया सुमिन्त्रा देवीको घाँटी रेटेर हत्या गरिएको थियो भने त्यहि परिवार तीन जनालाई घाइते बनाइएको थियो ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक रामेश्वरका पत्नि २३ वर्षीया मनिता देवी मण्डल र ममताका प्रेमी बाराकै प्रसौनी गाउँपालिका–७ बन्जरियाका धमेन्द्र महतोलाई पक्राउ गरेको हो ।
विवाहिता मनिताको परपुरुषसंग प्रेम सम्बन्ध रहेकै कारण उक्त हत्याको घटना भएको प्रहरीको अनुमान छ ।मनिताले प्रेमी धमेन्द्रसंग मिलेर २८ वर्षीय पति रामेश्वर र ४६ वर्षीया सासु सुमिन्त्रा देवीलाई योजना बनाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उक्त घटनामा मनिताका ससुरा ५२ वर्षीय जगरुप महतो र नन्द २२ वर्षीया रिना कुमारी मण्डल घाइते भएका छन्। उनीहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार मनिताका प्रेमी धमेन्द्र महतो वैदेशिक रोजगारको सिलसिलामा दुबईमा कार्यरत रहेका थिए। माघ १२ गते काठमाडौँ आइपुगेपछि उनले मानितासँग मिलेर उक्त घटना गराएको खुलेको हो। घटनाको मुख्य योजनाकार मानिता नै रहेको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए।
मनिता र धर्मेन्द्रलाई पक्राउ गरि प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कुँवरले बताए।

