Madhes Khabar
अन्तर्राष्ट्रिय

वीरगन्जको महावाणिज्य दूतावसामा पनि मनाइयो भारतको ७७ औं गणतन्त्र दिवस

वीरगन्ज,१२माघ :वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा पनि भारतको ७७ औं गणतन्त्र दिवस हर्षोल्लाशका साथ मनाइएको छ ।

वीरगन्ज–११ श्रीपुरस्थित महावाणिज्य दूतावासको परिसरमै सोमबार आयोजित कार्यक्रममा महावाणिज्यदूत डी. एस. मीनाले भारतको राष्ट्रिय झण्डा फहराउँदै भारतका राष्ट्रपतिले जारी गरेको सन्देश वाचन गरेर सुनाएका थिए ।गणतन्त्र दिवस समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रमहरू प्रस्तूत गरेका थिए ।

उक्त समारोहमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरीक्षक सुदीपराज पाठक , सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्ट, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, नेपाल–भारत मैत्री संघका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक,विद्यार्थीहरू लगायतको सहभागिता थियो ।

Related posts

बंगलादेशको नयाँ प्रधानमन्त्रीका रुपमा तारिक रहमानको आज सपथ

MadhesKhabar

गर्मीका कारण भारतको उत्तर प्रदेशमा ५१ जनाको मृत्यु

MadhesKhabar

गर्मीका कारण भारतकाे बिहार र उडिसामा ३१ जनाकाे मृत्युु

MadhesKhabar

Leave a Comment