
काठमाडौं,४बैशाख:बलिवुड अभिनेता सलमान खानको घरमा गोली चलाएको अभियोगमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ।
समाचार संस्था पीटीआईका अनुसार प्रहरीले अनुसन्धानको क्रममा दुई जनालाई गुजरात राज्यबाट पक्राउ गरेको हो।
गत आइतबार सलमान खानको घर बाहिर २ जना अज्ञात व्यक्तिले ४/५ राउन्ड गोली फायर गरेका थिए। गोली सलमान खानको घरभित्र पनि छिरेको थियो। तर, कसैलाई कुनै क्षति भने भएन।
प्रहरीका अनुसार ती दुई व्यक्ति सलमान खानको फार्म हाउस पनवेल नजिकै घर भाडामा लिएर बस्दै आएका थिए भने उनको ग्यालेक्सी अपार्टमेन्टको बारेमा पनि छानबिन गरिरहेका थिए।
सलमान खानलाई केही समूहले ज्यान मार्ने धम्की दिँदै आएका छन्।
उक्त घटना पछि सलमान खानको सुरक्षा बढाइएको छ।साभार:नागरिकबाट

