Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको ट्रान्सपोर्टमा छापा मार्न गएको सशस्त्र प्रहरीलाई व्यपारीहरुले कुटेर लखेटे

वीरगन्ज,२६माघःवीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित ट्रान्सपोर्टमा छापा मार्न गएका सशस्त्र प्रहरीको टोलीलाई व्यपारीहरुले कुटेर लखेटेका छन् ।

आदर्शनगरस्थित एक घरमा विनोद साह कानु सञ्चालक रहेको सबिता ट्रेडर्सको गोदाममा सोमबार बिहान सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा सशस्त्र प्रहरीको टोली छापा मार्न गएको थियो ।

त्यसक्रममा भेलामा भएका व्यपारीहरुले सशस्त्र प्रहरीको टोलीमाथि जाइ लाग्दै आक्रमण गरेपछि सशस्त्र प्रहरीको भागाभाग भएको थियो ।व्यपारीहरुको आक्रमणबाट ३ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।व्यपारीहरुले हानेको ढुंगाले लागेर सशस्त्र प्रहरीको गाडीको शीशापनि फुटेको छ ।

सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल वीरगन्ज भन्सारका सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीका अनुसार, राजश्व छलेर भित्रयाइएको सामान गोदाममा भण्डारण गरेर राखिएको सूचना सशस्त्र प्रहरीलाई प्राप्त भएको थियो । उक्त सूचनाको आधारमा सोमबार बिहान सशस्त्र प्रहरी नायब उपरीक्षक अधिकारीकै कमाण्डमा दुई वटा गाडीमा सशस्त्र प्रहरीको टोली आदर्शनगरमा पुगेको थियो । सशस्त्र प्रहरीले गोदाममा खानतलासी गर्नका लागि प्रकृया सुरु गर्न खोजेपछि व्यपारीहरुले बिलबिजक आँफुहरुसंग भएपनि सशस्त्र प्रहरीले अनावश्यक रुपमा दुख दिन थालेकोभन्दै विवाद गरेका थिए । त्यसपछि सशस्त्र प्रहरीले गोदामको ढोकाको ताच्चा फुटाउन खोज्दा व्यपारीहरुले प्रतिवाद गर्दा अवस्था तनावग्रस्त बन्न पुगेको थियो ।

सशस्त्र प्रहरीले जबरजस्ति गर्न खोजेको भन्दै व्यपारीहरुले सशस्त्र प्रहरीको टोली र उनिहरु सवार भइ आएका दुई वटा गाडीमा बाँसको फाटा र ढुंगाले हान्न सुरु गरे गरेका थिए । त्यसपछि सशस्त्र प्रहरीको टोली गाडी लिएर त्यहाँबाट भागेका थिए ।
सशस्त्र प्रहरी नायब उपरीक्षक अधिकारीले भने, ‘ गोदामको खानतलासी लिने क्रममा केहि समुहबाट आक्रमण हुदाँ ३ जना सुरक्षाकर्मी घाइते भएका छन् ।उनिहरुको उपचार भइरहेकोछ । एउटा गाडीको शीशापनि फुटेको छ । उक्त गोदामबाट ७ लाख मूल्यको सामान नियन्त्रणमा पनि लिएका छौं । यसबारे अनुसन्धान भइरहेको छ ।’

खानतलासी लिएको गोदम रहेको घर मदन गुप्ताको रहेको र उक्त गोदमको सञ्चालकको नाम भने खुल्न नसकेको भन्दै उनले यसबारेमा अनुसन्धान भइरहेको बताए ।

यता आदर्शनगरका ट्रान्सपोर्ट व्यपारीहरुले भने व्यपारीलाई दुख दिने नियतले सशस्त्र प्रहरीले पटक पटक गोदमममा आएर छापा मार्ने र बिलबिजक भएकै सामानहरु उठाएर लिएर जाने गरेको आरोप लगाएका छन् । एक ट्रान्सपोर्ट व्यपारीले भने, सशस्त्र प्रहरीको यो रवैयाले हामी हैरान छौं । बिलबिजक देखाउँदा पनि बिनाकारण सशस्त्र प्रहरीले गोदामा फुटाएर सामान लिएर जान्छ । पछि राजश्व अनुसन्धान कार्यालयमा गएर हामीले सबै प्रमाण दिएपछि सफाई पाएर सामान फिर्ता लिएर आउँछौं ।

यदि छापा वा खानतलासी लिनै पर्ने भए प्रकृया पुरा गरेर लिनुपर्ने भन्दै उनले भने, गोदाममा खानतलासी गर्ने अधिकार सशस्त्र प्रहरीसंग छैन । त्यो अधिकार राजश्व अनुन्सधान कार्यालयसंग मात्रै छ । तर बारबार सशस्त्र प्रहरीले आएर गोदममा ताल्चा फुटाएर छापा मार्छ , बिलबिजक भएकै सामान उठाएर लैजान्छ । यो हर्कत हामीले कति दिनसम्म सहने ? त्यसैको परिणाम आजको घटना हुन पुग्यो ।

Related posts

पर्सामा मिटरब्याजी विरुद्धका २ सय उजुरीमा मिलापत्र

MadhesKhabar

पर्सामा राष्ट्रिय भूमि आयोगको काममा सहयोग गर्ने दलहरुको प्रतिबद्धता

MadhesKhabar

वीरगन्जको जय माँ किराना स्टाेर्सबाट तस्करीको २३ क्वीन्टल केराउ बरामद

MadhesKhabar

Leave a Comment