Madhes Khabar
स्वास्थ्य हेडलाइन

भाेलि नारायणीसहित देशभरका अस्पतालमा ईमर्जेन्सी बाहेक सेवा ठप्प पार्ने डाक्टरकाे घाेषणा

फाइल फोटो : नारायणी अस्पताल

काठमाण्डाैं,३०भदाैं: नेपाल चिकित्सक संघले आइतबार वीरगन्जको नारायणी अस्पतालसहित देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ ।

हेटौँडामा डाक्टरहरु कुट्नेलाई ७२ घण्टाभित्र कानुनी कारबाहीको माग सरकारले पूरा नगरेको भन्दै संघले आइतबार नारायणी अस्पतालसहित देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने घाेषणा गरेकाे हाे ।

भोलि आइतबार देशभरका सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिक बाहेकका सेवा सञ्चालन नहुने संघले जनाएको छ । सरकारले डाक्टर कुट्नेलाई कारबाही गर्नुको साटो मेलमिलाप गराउन खोजेको र घटनालाई गम्भीर रुपमा नलिएको चिकित्सक संघको आरोप छ ।

गएको साउन २५ मा डेंगीबाट ज्यान गुमाएका हेटौँडा–१२ का राजेश प्रधानका आफन्तले सञ्चो अस्पताल हेटौँडाका डाक्टर विकास थापा र प्रशान्त विडारीलाई कुटेका थिए । आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार नै हुने संघका उपाध्यक्ष डाक्टर निरज सिंहले ले बताए ।

उपचारमा लापरबाही भएको भन्दै मृतकका आफन्तले डाक्टरलाई ज्यानै मार्ने उद्देश्यका साथ कुटपिट भएको संघको दाबी छ । कुटपिटमा संलग्न मृतक राजेश प्रधानकी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

Related posts

कर्जा असुलीका नाममा ऋणीहरुलाई अनावश्यक तनाव नदिन पर्साका बैंकर्सहरुलाई सिडिओको निर्देशन

MadhesKhabar

व्यावसायिक उत्पादन गर्ने तयारीमा वीरगन्ज कृषि औजार कारखाना

MadhesKhabar

पर्सामा रहेका खोलाहरुको ठेक्का नलाग्दा तस्करहरु मालामाल,उपभोक्ताहरु भने मर्कामा

MadhesKhabar

Leave a Comment