वीरगन्ज,४भदौंःवीरगन्ज महानगरपालिकाको राजस्व संकलनमा दोब्बरले बृद्धि भएको छ ।वीरगन्ज महानगरपालिकाले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा ११ करोड ३५ लाख बढी राजस्व २८ हजार ५९७ रुपैयाँ राजस्व संकलन गरेको हो । जुन गत आर्थिक वर्ष २०८१/८२ को साउनको भन्दा दोब्बरले बढी हो ।
गत आर्थिक वर्षको साउनमा वीरगन्ज महानगरपालिकाले ५ करोड २१ हजार ८०० रुपैयाँ राजस्व संकलन गरेको थियो ।वीरगन्ज महानगरपालिकाको राजस्व महाशाखाका प्रमुख मनोज कर्णले गत साउन महिना अघिल्लो आर्थिक वर्षको साउनको भन्दा दोब्बरले बढी राजस्व संकलन भएको बताए ।उनका अनुसार,गत आर्थिक वर्षमा वीरगन्ज महानगरपालिकाले ६३ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।चालू आर्थिक वर्षको पहिलो महीनामै सन्तोषजनक राजस्व संकलन भएको उनले बताए ।
वीरगन्ज महानगरपालिकाले सम्पति,व्यवसाय,घरजग्ग लगायतका कर तिर्नका लागि करदातालाई प्रोत्साहित गर्न घरदैलो अभियानपनि सञ्चालन गरेको थियो । उक्त अभियानमा महानगरका मेयर राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत अरबन्दिलाल कर्ण लगायतपनि आँफै खटिएका थिए ।

