Madhes Khabar
स्थानिय

वीरगन्जको खानेपानी संस्थानको कार्यालयमा मन्त्री यादवको छड्के अनुगमन

वीरगन्ज,२६असारःसंघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले वीरगन्जस्थित नेपाल खानेपानी संस्थानको कार्यालयमा बिहीबार छड्के अनुगमन गरेका छन् । वीरगन्ज महानगरमा खानेपानीको विकराल अवस्था सृजना भइरहेका बेला मन्त्री यादवले बिहीबार खानेपानी संस्थानको कार्यालयमा छड्के अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा मन्त्री यादवले संस्थान तथा कर्मचारीहरुको कार्यप्रणालीको समिक्षा गर्दै जनताको लागि जीवनोपयोगी सेवा वितरणमा निरन्तरता र प्रभावकारितालाई प्राथमिकता दिन निर्देशन दिए। जलवायु परिवर्तनको प्रतिकूल असरका कारण विशेष गरी तराई–मधेस क्षेत्र तथा वीरगन्ज महानगरमा खानेपानी अभावको समस्या गम्भीर बन्दै गएको भन्दै उनले यस चुनौतीलाई सम्बोधन गर्न नेपाल खानेपानी संस्थानले अन्य सरोकारवाला निकायहरूसँगको सहकार्यमा तुरुन्त समाधानमुखी कदम चाल्न आवश्यक रहेकोमा जोड दिए।

अनुगमनका क्रममा कार्यालयका कर्मचारीहरूलाई निर्देशन दिदैं उनले जनसेवाको भावनाले अहोरात्र खटिन र आवश्यक सल्लाह तथा सहकार्यका लागि सम्बन्धित मन्त्रालयसँग निरन्तर सम्पर्कमा रहन पनि निर्देशन दिए।

Related posts

पर्सामा चट्याङ  लागेर एक बालककाे मृत्यु, तीन जना घाईते

MadhesKhabar

जिसस पर्सामा जसपा–एमाले गठबन्धनको प्यानल विजयी

MadhesKhabar

पर्सा जिल्ला अदालतमा ५ वर्ष यताकै सबैभन्दा बढी मुद्दा फर्छ्योट

MadhesKhabar

Leave a Comment