Madhes Khabar
राजनीति हेडलाइन

दलका नेताहरुलाई भेटेर भोट माग्दै उपराष्ट्रपतिका उम्मेदवार यादव

काठमाडौं,२९फागुनः चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि मोट माग्दै जनता समाजवादी पार्टी(जसपा) का नेता रामसहाय यादव विभिन्न दलका नेताहरूसँग भोट माग्न थालेका छन् । यादवले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिंहदरबारमा भेट गरी भोट मागेका छन् ।

भेटका क्रममा प्रधानमन्त्री दाहालले उपराष्ट्रपतिको निर्वाचनबारे गठबन्धनको बैठक बसेर थप निर्णय आश्वासन दिएको जसपाका सांसद प्रदीप यादवले बताए । यादव सत्ता गठबन्धनकै उम्मेदवार भएकाले योजनाबद्ध तरिकाले कसरी अगाडि बढ्ने भन्दै निर्णय हुने प्रधानमन्त्रीले बताएको सांसद यादवले जानकारी दिए ।

प्रधानमन्त्री दाहाललाई भेट्नुअघि उपराष्ट्रपतिका उम्मेदवार यादवले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरी भोट मागेका थिए । उक्त भेटमा अध्यक्ष नेपालले उपराष्ट्रपतिको निर्वाचनका लागि सांसदहरूलाई प्रशिक्षण दिने लगायतका विषयमा गरेको सांसद यादवले बताए । भेटमा नेपालले सामूहिक भेटघाटका कुरा पनि गरेका थिए ।

उपराष्ट्रपतिका उम्मेदवार यादवले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतलाई भेट गर्ने कार्यक्रम रहेको सांसद यादवले जानकारी दिए ।

चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चार जनाको उम्मेदवारी रहेको छ । निर्वाचन अधिकृतको कार्यालयले आइतबार अन्तिम नामावली प्रकाशन गर्दै उपराष्ट्रपति पदका लागि जसपाबाट रामसहायप्रसाद यादव, प्रमिला कुमारी, एमालेबाट अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीकी ममता झासहित चार जनाको उम्मेदवारी कायम गरेको छ । जसपा र जनमत पार्टी सत्ता समर्थित ९ दलीय गठबन्धनमा आबद्ध छन् ।साभारः कान्तिपुर

Related posts

परवानीपुरमा जसपाकी उपाध्यक्ष प्रत्यासी इन्दु देवी लाेसपामा प्रवेश

MadhesKhabar

व्यपारीलाई अनाहकमा दुख दिने प्रहरी प्रशासनलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने

MadhesKhabar

जसपा–एमाले गठबन्धनलाई मत दिन अपिल गर्दै पर्सा १ मा प्रदीप र विचारीको रोड शो

MadhesKhabar

Leave a Comment