Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

महाशिवरात्रिमा वीरगञ्जसहित पर्साका शिवालयहरूमा भक्तजनको घुइँचो

वीरगञ्ज ३, फागुन:आज महाशिवरात्रि पर्वको अवसरमा वीरगञ्जसहित पर्साका ग्रामीण क्षेत्रका शिवालयहरूमा भक्तजन तथा श्रद्धालुहरूको ठूलो भीड लागेको छ। बिहानैदेखि शिव मन्दिरहरूमा पूजा–आराधना गर्न आउने भक्तजनको घुइँचो देखिएको हो।

वीरगञ्जका प्रमुख शिवालयहरूमा विशेष पूजा, जल अर्पण, बेलपत्र चढाउने तथा रुद्रीपाठजस्ता धार्मिक कार्यक्रमहरू सञ्चालन गरिएको छ। महाशिवरात्रि पर्वका कारण वातावरण भक्तिमय बनेको छ भने शिवभक्तहरूले “ॐ नमः शिवाय” मन्त्र जप्दै पूजा गरिरहेका छन्।

ग्रामीण भेगका शिवालयहरूमा समेत श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको छ। महाशिवरात्रि पर्व हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण चाड मानिन्छ, जसमा भगवान शिवको विशेष पूजा गरी सुख, शान्ति र समृद्धिको कामना गरिन्छ।

Related posts

ठाकुरराम क्याम्पसमा १६ बर्षपछि भयाे स्ववियु चुनाव ,खस्याे ४० प्रतिशत मत

MadhesKhabar

नागरिकता माग्दै काठमाडौंमा पनि प्रदर्शन

MadhesKhabar

वीरगन्जका ३ वटा वडामा वर्षौँदेखिको डुबान समस्या समाधान हुदाँ स्थानीबासी खुशी

MadhesKhabar

Leave a Comment