Madhes Khabar
शिक्षा हेडलाइन

एसईईका लागि परीक्षा आवेदन फारम खुल्यो

काठमाडौं,१२पुसःमाध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा आवेदन फारम खुल्ला भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर आज (शुक्रबार)देखि माघ १२ गते भित्र परीक्षा दस्तुर ५ सय रुपैयाँसहित आवेदन फाराम भर्न आग्रह गरेको छ ।

सम्बन्धित शिक्षा विकास निर्देशनालयहरूले विद्यार्थीहरूको परीक्षा आवेदन फाराम भराउने तथा परीक्षा केन्द्र कायम गर्ने लगायतका काममा सम्बन्धित प्रदेश अन्तर्गतका शिक्षा विकास तथा समन्वय इकाईहरूलाई सहजीकरण गर्ने व्यवस्था मिलाउन पनि सूचनामा आग्रह गरिएको छ ।

यस वर्षको एसईई चैत ७ गतेदेखि सुरु हुने र नतिजा २०८२ असार ६ गतेभित्र प्रकाशित गर्नेगरी यसअघि नै कार्यतालिका सार्वजनिक भइसकेको छ ।

 

Related posts

वीरगन्ज कृषि औजार कारखानामा उत्पादन हुन थाल्याे कृषि औजार र उपकरण

MadhesKhabar

सिकारीवासकोे विधालयलाई एनआरएन श्रेष्ठद्धारा भाँडावर्तन सहयोग

MadhesKhabar

धानको मूल्य क्विन्टलमा २२६ रुपैयाँले बढ्यो

MadhesKhabar

Leave a Comment