Madhes Khabar
कृषि हेडलाइन

धानको मूल्य क्विन्टलमा २२६ रुपैयाँले बढ्यो

मधेसखबर
वीरगन्ज,२३ कार्तिक : सरकारले यस वर्षका लागि किसानले बिक्री गर्ने धानको न्युनतम मूल्य निर्धारण गरेको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले गत वर्षको भन्दा क्विन्टलमा २ सय २६ रुपैयाँसम्मले बढाएर धानको सर्मथन मूल्य तोकेको कृषि मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० का लागि मोटा धान प्रति क्विन्टल २ हजार ९ सय ६७ र र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १ सय २८ रुपैयाँ तोकिएको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव प्रकाशकुमार सञ्जेलले बताए ।

यो मूल्य गतवर्ष भन्दा मोटा धानमा प्रतिक्विन्टल २१५ रुपैयाँ र मध्यम धानमा २२६ रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७८/७९ मा मोटा धानको सर्मथन प्रति क्विन्टल २ हजार ७५२ र मध्यम धानको मूल्य प्रति क्विन्टल २ हजार ९०२ रुपैयाँ थियो ।

सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्ने मन्त्रालयले जनाएको छ ।
न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्न ३३ करोड बजेट व्यवस्था रहेको पनि मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिट्टै सूचना प्रकाशन गरिने छ ।

हाल स्वीकृत कार्यविधि अनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरुलाई ११२ प्रति क्विन्टल व्यवस्थापन खर्च उपलब्ध गराउने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।

गत वर्ष यस कार्यक्रम अनुसार करिब ९ हजार मेट्रिकटन धान खरिद भएको थियो । यस आर्थिक वर्षमा ३ लाख मेट्रिकटन धान खरिद गर्ने सरकारी योजना छ ।

Related posts

ठाकुरराम क्याम्पसकाे स्ववियु सभापतिमा शेखर समुहका राज कुमार यादव विजयी

MadhesKhabar

पर्साका मिटरब्याज पिडितहरुको दुखेसो : कर्जा तिरिसक्दा पनि साहुले घरखेत लिलाम गरायो

MadhesKhabar

वीरगन्जमा थप सिसिटिभी क्यामेरा जडानका लागि बैंकहरुले दिए १७ लाख ७५ हजार रुपैयाँ

MadhesKhabar

Leave a Comment