Madhes Khabar
कृषि हेडलाइन

पटेर्वा सुगौलीमा साढे २ करोडको लागतमा कृषि ल्यााबसहितको अत्याधुनिक कृषि भवन बन्दै

वीरगन्ज,१५असारःपर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ४ सुगौलीमा करिब साढे २ करोड रुपैयाँको लागतमा अत्याधुनिक कृषि ल्यााबसहितको कृषि भवनको निर्माण थालिएको छ ।

विश्व बैंकको आर्थिक सहयोगमा पटटेर्वा सुगौली गाँउपालिकाले २ करोड ४८ लााख रुपैयाँको लागतमा अत्याधुनिक कृषि ल्याब सञ्चालनका लागि कृषि भवन निर्माण गर्न थालेको हो ।

संघ सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको ग्रामीण उद्यम तथा आर्थिक विकास (रीड)आयोजना अन्तरर्गत नगरस्तरीय कृषि तथा पशु सेवा केन्द्र (कृषि ल्याबसहितको कृषि भवन) को शनिबार गाँउपालिकाका अध्यक्ष दिनेश चौधरीले कृषि भवन निर्माणको शिलान्यास गरेका छन् ।

सुगौलीमा निर्माणधिन गाँउपालिकाको प्रशासनीक भवन छेउमै निर्माण गर्न लागिएको कृषि भवनमा सञ्चालन गरिने कृषि ल्याबबाट कृषकको खेतको माटो परीक्षण, बालीामा लाग्ने रोग र किराको जाँच र पहिचान, पशुचौपायाको गोबर, पिसाब र रगतको परीक्षण, बालीमा लाग्ने रोग र किराको निदानका लागि विषादीको सिफारिस लगायतका सेवाहरु प्रवाह गरिने गाँउपालिका अध्यक्ष चौधरीले जानकारी दिए ।

पर्सामा रहेका १४ वटा पालिका मध्ये पटेर्वा सुगौली गाँउपालिकामा निर्माण गर्न लागिएको कृषि ल्याबसहितको कृषि भवन पहिलो रहेको गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तो थारुले बताइन् । कृषि ल्याबसहितको कृषि भवन निर्माण भई सञ्चालनमा आएपछि पटेर्वा सुगौली सहित पर्साका उत्तरी भेगका किसानहरुले बालीनाली र पशुचौपायामा लाग्ने रोग र किराको उपचारका लागि सदरमुकाम वीरगन्ज धाउनु नपर्ने उपाध्यक्ष चौधरीले बताइन् ।

अढााई तल्ले उक्त कृषि भवन निर्माणको ठेक्का काठमाडौं जोरपाटटीको सिए.एम. कन्ट्रक्सनल प्रालिले सकारेको छ । सम्झौता अनुसाार कृषि भवन निर्माणको काम २०८२ जेष्ठ ३ गतेभित्रमा सम्पन्न गर्नुपर्नेछ ।

गाँउपालिका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष थारु,प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह, कृषि शाखाकी प्रमुख सीमा चौधरी लगायतकोपनि उपस्थिती रहेको थियोे ।

Related posts

वीरगन्जमा अनुमति बेगर सञ्चालित कलेजहरुको बिगबिगी, ८ वटामा महानगरले गर्यो सिलबन्दी

MadhesKhabar

पर्सामा काँग्रेसको दोश्रो जित , प्रदेशसभा सदस्यमा चौधरी निर्वाचित

MadhesKhabar

ऐतिहासिक धार्मिकस्थल सिम्रौनगढको पलकियामाई क्षेत्रमा उत्खनन् सुरु

MadhesKhabar

Leave a Comment