Madhes Khabar
स्थानिय हेडलाइन

पटेर्वा सुगौली गाँउपालिकाको वडाहरुमै स्थापना गरियो ‘ मेलमिलाप केन्द्र ’

वीरगन्ज,२३असारःपर्साको पटेर्वा सुगौली गाँउपालिकाले वडा कार्यालयहरुमै स्थानीय मेलमिलाप केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ ।गाँउपालिकाको न्यायिक समितिमा पर्ने उजु्रीको छिनोफानो अब वडा–वडामै गर्ने उदेश्यले पटेर्वा सुगौली गाँउपालिकाले पहिलो चरणमा वडा नम्बर २ , ३ र ५ मा आइतबारदेखि विधिवत रुपमा स्थानीय मेलमिलाप केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

आइतबार वडा नम्बर २ को वडा कार्यालयमा गाँउपालिका अध्यक्ष दिनेश चौधरीले स्थानीय मेलमिलाप केन्द्रको विधिवत उद्घाटन गरेका हुन् । यस्तै त्यहि कार्यक्रममा वडा नम्बर ३ र ५ मा पनि केन्द्र स्थापनाको घोषणापनि गरियो । वडा नम्बर ४ मा भने वडा कार्यालय निर्माणाधिन रहेकाले अबको १ महिनाभित्र त्यहाँपनि स्थानीय मेलमिलाप केन्द्र स्थापना गरिने गाँउपालिका उपाध्यक्ष एंव न्यायिक समितिकी संयोजक ममता महत्तोले जानकारी दिइन् । वडा नम्बर १ मा आफनै वडा कार्यालयको भवन अहिले नभएकाले त्यहाँ अहिले केन्द्र स्थापना गर्न नसकिएको उनले बताइन् ।

उनका अनुसार, हरेक वडामा पालिकाको कार्यालयले वडा कार्यालय सञ्चालनमा रहेको भवनमा एउटा छुट्टै कोठाको व्यवस्थापन गरेर स्थानीय मेलमिलाप केन्द्र स्थापना गर्नुपर्ने प्राबधान छ । न्यायिक समितिमा पर्ने उजुरी अब वडाको स्थानीय मेलमिलाप केन्द्र पठाएर सुल्झाइने उनले बताइन् । यसकासाथै नागरिकले आफनो उजुरी सिधै वडाको स्थानीय मेलमिलाप केन्द्रमा लगेर दिनसकिने प्राबधानपनि रहेको उनले बताइन् । वडाको मेलमिलाप केन्द्रमा पर्ने उजुरी त्यहाँ कार्यरत मेलमिलापकर्ताहरुले वडाका जनप्रतिनिधीको रोहबरमा झगडीया दुवै पक्षलाई राखेर छिनोफानो लगाउनुपर्ने उपाध्यक्ष महत्तोले बताइन् । वडाको मेलमिलाप केन्द्रमा सहमति हुन नसकेको उजुरी भने न्यायिक समितिमा मगाएर छिनोफानो लगााइनने उनले जानकारी दिइन् ।

आइतबारको कार्यक्रममा अध्यक्ष चौधरीसंगै वडा नम्बर २ का वडाध्यक्ष विजय गैरे, न्यायिक समितिका सदस्यहरु शीवबालक ठाकुर र गिता देवी,वडा सदस्यहरु, केन्द्रका मेलमिलापकर्ताहरु लगायतकोपनि सहभागीता रहेकाो थियो ।

 

Related posts

वीरगन्जमा हिन्दु संगठनलाई बदनाम गर्न अराजक तत्व लागेकाे हिन्दुवादी अगुवाहरुकाे आरोप

MadhesKhabar

वीरगन्जमा चोरीको मोटरसाइकल सहित दुई युवक पक्राउ

MadhesKhabar

नेपालका क्रिकेटर आसिफले जिते सीएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

MadhesKhabar

Leave a Comment