Madhes Khabar
स्थानिय हेडलाइन

पटेर्वा सुगौली गाँउपालिकाको वडाहरुमै स्थापना गरियो ‘ मेलमिलाप केन्द्र ’

वीरगन्ज,२३असारःपर्साको पटेर्वा सुगौली गाँउपालिकाले वडा कार्यालयहरुमै स्थानीय मेलमिलाप केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ ।गाँउपालिकाको न्यायिक समितिमा पर्ने उजु्रीको छिनोफानो अब वडा–वडामै गर्ने उदेश्यले पटेर्वा सुगौली गाँउपालिकाले पहिलो चरणमा वडा नम्बर २ , ३ र ५ मा आइतबारदेखि विधिवत रुपमा स्थानीय मेलमिलाप केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

आइतबार वडा नम्बर २ को वडा कार्यालयमा गाँउपालिका अध्यक्ष दिनेश चौधरीले स्थानीय मेलमिलाप केन्द्रको विधिवत उद्घाटन गरेका हुन् । यस्तै त्यहि कार्यक्रममा वडा नम्बर ३ र ५ मा पनि केन्द्र स्थापनाको घोषणापनि गरियो । वडा नम्बर ४ मा भने वडा कार्यालय निर्माणाधिन रहेकाले अबको १ महिनाभित्र त्यहाँपनि स्थानीय मेलमिलाप केन्द्र स्थापना गरिने गाँउपालिका उपाध्यक्ष एंव न्यायिक समितिकी संयोजक ममता महत्तोले जानकारी दिइन् । वडा नम्बर १ मा आफनै वडा कार्यालयको भवन अहिले नभएकाले त्यहाँ अहिले केन्द्र स्थापना गर्न नसकिएको उनले बताइन् ।

उनका अनुसार, हरेक वडामा पालिकाको कार्यालयले वडा कार्यालय सञ्चालनमा रहेको भवनमा एउटा छुट्टै कोठाको व्यवस्थापन गरेर स्थानीय मेलमिलाप केन्द्र स्थापना गर्नुपर्ने प्राबधान छ । न्यायिक समितिमा पर्ने उजुरी अब वडाको स्थानीय मेलमिलाप केन्द्र पठाएर सुल्झाइने उनले बताइन् । यसकासाथै नागरिकले आफनो उजुरी सिधै वडाको स्थानीय मेलमिलाप केन्द्रमा लगेर दिनसकिने प्राबधानपनि रहेको उनले बताइन् । वडाको मेलमिलाप केन्द्रमा पर्ने उजुरी त्यहाँ कार्यरत मेलमिलापकर्ताहरुले वडाका जनप्रतिनिधीको रोहबरमा झगडीया दुवै पक्षलाई राखेर छिनोफानो लगाउनुपर्ने उपाध्यक्ष महत्तोले बताइन् । वडाको मेलमिलाप केन्द्रमा सहमति हुन नसकेको उजुरी भने न्यायिक समितिमा मगाएर छिनोफानो लगााइनने उनले जानकारी दिइन् ।

आइतबारको कार्यक्रममा अध्यक्ष चौधरीसंगै वडा नम्बर २ का वडाध्यक्ष विजय गैरे, न्यायिक समितिका सदस्यहरु शीवबालक ठाकुर र गिता देवी,वडा सदस्यहरु, केन्द्रका मेलमिलापकर्ताहरु लगायतकोपनि सहभागीता रहेकाो थियो ।

 

Related posts

वन तथा वातावरणमा उत्कृष्ट काम गरेको पर्साको जगरनाथपुर गाँउपालिका वन मन्त्रालयबाट पुरस्कृत

MadhesKhabar

वीरगन्जकाे मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग

MadhesKhabar

नागरिकता विहिन एक युवकद्धारा जीउमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास

MadhesKhabar

Leave a Comment