वीरगन्ज,३०असारःपर्साको जगरनाथपुर गाँउपालिका संघ सरकारको वन तथा वातावरण मन्त्रालयबाट नगदद पुरस्कारसहित पुरस्कृत भएको छ ।
वन तथा वातावरण संरक्षणमा देशैभरमा उत्कृष्ट कार्य गरेको भन्दै वन तथा वातावरण मन्त्रालयको रेड कार्यान्वयन केन्द्र बबरमहल काठमाडौंले जगरनाथपुर गाँउपालिकालाई प्रथम पुरस्कार स्वरुप १ लाख २५ हजार रुपैयाँ राशीसहितको पुरस्कारले पुरस्कृत गरेको हो ।
वन तर्फको उत्कृष्ट कार्य गरेको भन्दै स्थलगत अध्ययन र अनुगमन समितिको प्रतिवेदनले सिफारिस गरेकोमा सोही सिफारिस बमोजिम केन्द्रको असार १५ गतेको निर्णय अनुसार, जगरनापुर गाँउपालिकालाई प्रथम पुरस्कार स्वरुप १ लाख २५५ हजार रुपैयाँ राशीको पुरस्कारले पुरस्कृत गरिएको वन तथा वातावरण मन्त्रालयको रेड कार्यान्वयन केन्द्रका प्रमुख नवराज पुडासैनीले बताएका छन् ।
पर्साको जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अग्रसरतामा गाँउपालिकाले अतिक्रमित सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमण मुक्त गरेर त्यहाँ वृक्षारोपण गर्ने अभियान सञ्चालन गर्दै आइरहेको छ । त्यसैको कदरस्वरुप वन मन्त्रालयले जगरनाथपुर गाँउपालिकालाई उत्कृष्ट पालिका घोषित गर्दै १ लाख २५ हजार रुपैयाँ नगद राशीको पुरस्कारले पुरस्कृत गरेको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवले जानकारी दिए ।