Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जकाे मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग

वीरगन्ज,१२असाेज: सेवाग्राहीका चाप बढी हुने वीरगन्जका सरकारी कार्यालयहरुमा जनमत पार्टीले विभिन्न मागसहितकाे ध्यानाकर्षणपत्र बुझाएकाे छ ।

“बेथिति ,अनियमितता र घुसखोरी बिरुद्ध जनमत पार्टीको पहल” अभियान अन्तर्गत जनमत पार्टी निकटकाे युवा जनमत संघले सेवाग्राहीका गुनासा सम्बाेधनका लागि विभिन्न मागसहित शुक्रबार मालपाेत कार्यालय, नापी शाखा कार्रयालय र भूमी सुधार व्यवस्था कार्यालयमा छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाएको हाे ।

हरेक कार्यालयमा नागरिक वडापत्र भाेजपुरी भाषामा राख्नुपर्ने, कार्यालय अपांग ,महिला एवं जेष्ठ नागरिक मैत्री हुनुपर्ने ,सेवाग्राहीको काम छिटो छरितो र सहज ढङ्गले हुनुपर्ने , कार्यालयकमा विद्यमान बेथिति र अनियमितता अन्त्य हुनुपर्ने माग जनमतकाे छ ।

यी मागहरु सम्बोधन नभए जनमत पार्टी संघर्षमा उत्रिने चेतावनीसमेत दिइएको छ ।

ध्यानाकर्षण पत्र बुझाउने टोलीमा युवा जनमत संघ पर्साका संयोजक राजुराज गीरी, वीरगन्ज महानगर संयोजक संजय सिह,विद्यार्थी जनमत संघका जिल्ला संयोजक विवेक झा, युवा नेताहरु पवन ठाकुर ,सिकेश महतो, विशाल गुप्ता लगायतकाे सहभागीता थियाे ।

Related posts

लामो समयको प्रतिक्षापछि सञ्चालनमा आउने भयो ‘ठोरी छोटी भन्सार’

MadhesKhabar

सिडिओ कार्यालयको वार्तामा सहमति भएपछि अलौंको आइसिपी चोकको प्रदर्शन स्थगीत

MadhesKhabar

पर्सामा आजपनि प्रहरीद्वारा दुई बिघाकाे गाँजा खेती नष्ट

MadhesKhabar

Leave a Comment